एजेन्सी । फिफा विश्वकप कतार २०२३ पछि एक खेल मात्र हारेको म्यान्चेस्टर युनाइटेडले अर्को कमालको जित निकालेको छ । जितका लागि ब्राजिलियन खेलाडी कासेमिरोले महत्वपुर्ण योगदान दिए ।
उक्त जितसंगै म्यान्चेस्टर युनाइटेड एफए कप (कारावाओ) कपको पाँचौ चरणको प्रवेश गर्न सफल भएको छ ।
कारावाओ कप अन्तर्गतको चौथो राउन्डको खेलमा युनाइटेडले पाहुना टोली रिडिङलाई ३–१ ले पराजित गर्दै उपाधि होडलाई बलियो बनाएको छ ।
आफ्नै खरेलु मैदान ओल्ड ट्राफोर्ड रंगशालामा भएको खेलमा भ्रमणकारी टोली रिडिङ खेलको ६५औं मिनेटमा १० खोलडीमा सिमित बन्न पुगेको थियो । यस खेलमा युनाइटेडलाई जिताउन ब्राजिलका खेलाडीहरू मुख्य रूपमा नायक बने ।
खेलको ५४औं मिनेटमा युनाइटेडका लागि ब्राजिलियन मिडफिल्डर कासेमिरोले पहिलो गोल गरेका थिए ।
त्यसपछि खेलको ५८औं मिनेटमा कासेमिरोले अर्को गोल गरे । उनले बक्सभन्दा निकै टाढाबाट हानेको रकेट सटले शानदार ढंगले सोझै जाली चुमेपछि खेलमा युनाइटेडले दोहोरो अग्रता बनाउन सफल भयो ।
खेलको ६५औँ मिनेटमा रिडिङका स्ट्राइकर एन्डी कारोले दोहोरो पहेंलो कार्डका साथ रातो कार्ड खाँदै मैदान छाडे ।
त्यस लगत्तै ६६औं मिनेटमा युनाइटेडका लागि मिडफिल्डर फ्रेडले गोल गरेर अग्रता तेब्बर पारे । कर्नरबाट बनेको मुभमा ब्रुनो फर्नान्डेजले दिएको पासमा पोस्टको पोल नजिकै रहेका फ्रेडले ब्याकहिल टचमै निकै सुन्दर गोल गर्न सफल भए ।
खेलको ७२औं मिनेटमा रिडिङका लागि डिफेन्डर अमाडोउ सालिफले हेडिङमार्फत् गोल गरेपछि युनाइटेडको जित ३–१ मा खुम्चियो ।
यस्तै अर्को खेलमा टोटनह्यामले प्रेस्टोनलाई उसकै घरमा ०–३ ले पराजित गरेको छ ।