एजेन्सी । म्यानचेस्टर युनाइटेडको सहज जितको हिरो फरवार्ड मार्कस रासफर्ड बनेका छन् । गए राति भएको खेलमा रासफर्डले कमालको गोल गरे । जुन गोलले विश्व फुटबलको ध्यान खिचेको छ ।
प्रिमियर लिग क्लब म्यानचेस्टर युनाइटेडले इएफएल अर्थात कारवाओ कपको सेमिफाइनलको पहिलो लेगमा रासफर्ड सुरुवाती अग्रता गोल दिलाएसंगै सहज जित हात पारेको हो ।
युनाइटेडले प्रिमियर लिग प्रतिद्धन्द्धी नटिङहम फरेस्टमाथि उसकै मैदानमा ३–० को सहज जित हात पारेको हो ।
दि सिटी ग्राउण्ड नटिङहममा बुधबार राति भएको खेलमा युनाइटेडको सहज जितमा मार्कस रासफर्ड, वोउट वेगह्रष्ट र ब्रुनो फर्नान्डेसले गोल गरे ।
खेलको छैटौं मिनेटमा नै रासफर्डले कमालको गोल गर्दै युनाइटेडलाई १–० को अग्रता दिलाए ।
यस्तै, खेलको ४५औं मिनेटमा वेगह्रष्टले गोल गर्दै युनाइटेडको अग्रता दोब्बर पारे ।
८९औं मिनेटमा ब्रुनो फर्नान्डेसले गोल गर्दै युनाइटेडलाई ३–० को सहज जित दिलाए । उनले एन्थोनी एलांगाको पासबाट गोल गर्न सफल भए ।
दोस्रो लेगको खेल भने एक सातापछि युनाइटेडको मैदानमा हुनेछ ।
खुशी मिडिया प्रा.ली. द्धारा सञ्चालित KTMKHABAR लाई नेपाली र अंग्रेजी संस्करणबाट पढ्न, हेर्न र सुन्न सक्नुहुनेछ । एप्सबाट सिधा समाचार पढ्न एन्ड्रोइडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् । फेसबुक, युटुब र ट्वीटरमा पनि हामिसंग जोडिन सक्नुहुनेछ ।