बुधबार, चैत्र १५ २०७९
ताजा अपडेट

मञ्जरीले सरस्वती पूजा विशेष कार्यक्रम गर्दै, अक्षरारम्भ गर्ने नानीबाबुहरूलाई गर्दै छ यसरी स्वागत !


  • KTM Khabar
  • बुधबार, माघ ११ २०७९
2.2K
SHARES

काठमाडौँ । बुढानीलकण्ठ नगरपालिका वडा नम्बर ७, स्पेशल चोक गोल्फुटारमा रहेको मञ्जरी सेकेण्डरी स्कूलले सरस्वती पूजाको अवसरमा विशेष कार्यक्रम गर्ने भएको छ । बिहीबार स्कूलको प्राङ्गणमा सरस्वतीको पूजा आराधनासंगै अक्षरारम्भ तथा सांस्कृतिक कार्यक्रम आयोजना गर्ने भएको हो ।

माघ शुक्ल पञ्चमीका दिन मनाइने श्री पञ्चमी पर्व अर्थात् विद्याकी देवी सरस्वतीको पूजा आराधना कार्यक्रम मञ्जरीले प्रत्येक वर्ष गर्दै आएको छ । सोही कुराको निरन्तरता स्वरूप भोलि पनि उक्त कार्यक्रमहरू आयोजना गर्न लागेको विद्यालय प्रशासनले जनाएको छ ।

मञ्जरीले बिहीबार स्कूल प्राङ्गणमा बिहानबाटै सरस्वतीको पूजा गर्ने कार्यक्रम, स–साना नानीबाबुहरूका लागि अक्षरारम्भ र अध्ययनरत विद्यार्थीहरूको प्रस्तुतिमा सांस्कृतिक कार्यक्रम क्रमिक रूपमा गर्ने जनाएको छ ।

नर्सरीदेखि कक्षा १० सम्म अध्यापन गर्दै आएको मञ्जरीले प्रि–प्राइमरी तहका लागि भने भोलिबाट नै औपचारिक नयाँ भर्ना सुरु गरिने प्रिन्सिपल टिका गौतमले बताए । उनले भने, ‘सरस्वती पूजाको अवसरमा शैक्षिक सत्र २०८० को नयाँ भर्ना बिहीबारबाट सुरु हुन्छ । इच्छुक अभिभावहरूले भोलि नै अक्षरारम्भ र नयाँ भर्ना गर्न सक्नु हुनेछ ।’

यस्ता छन् मञ्जरी सेकेण्डरी स्कूलको विशेषताहरुः

  • न्यूनतम शुल्कमा गुणस्तरीय शिक्षा ।
  • विगत २४ वर्ष देखिको लगातार SLC/SEE परीक्षामा उत्कृष्ट नतिजा ल्याउन सफल ।
  • निःशुल्क नृत्य, संगित, स्काउट, तेक्वान्दो डोजाङ्ग तथा योग शिक्षा ।
  • शिक्षा क्षेत्रका दक्ष तथा अनुभवी संस्थापकबाट सञ्चालित ।
  • प्रि–प्राइमरी तहमा मन्टेश्वरी अवधारणाबाट शिक्षण सिकाई विधि ।
  • सुविधायुक्त कक्षा कोठा एवम् पर्याप्त खेल मैदानको व्यवस्था ।
  • अनुभवी शिक्षकहरूबाट पुर्णरूपमा अङ्ग्रेजी माध्यमबाट अध्यापन गराइने ।
  • घरकै मायालु वातावरणमा मनोरञ्जनात्मक तरिकाले पठन–पाठन गराइने । प्रत्येक शुक्रबार अतिरिक्त कार्यक्रम हुने ।
  • स्कुल बस लगायत अन्य विविध सुविधा ।


खुशी मिडिया प्रा.ली. द्धारा सञ्चालित KTMKHABAR लाई नेपाली र अंग्रेजी संस्करणबाट पढ्न, हेर्न र सुन्न सक्नुहुनेछ । एप्सबाट सिधा समाचार पढ्न एन्ड्रोइडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् । फेसबुक, युटुब र ट्वीटरमा पनि हामिसंग जोडिन सक्नुहुनेछ ।


प्रतिक्रिया
सम्बन्धित समाचार

यो साता चर्चामा