एजेन्सी । विश्व चर्चित इंग्लिस प्रिमियर लिगको शिर्ष स्थानमा रहेको आर्सनल र लिग उपाधिका लागि पछ्याइरहेको म्यानचेस्टर युनाइटेडविच आज खेल हुँदैछ । यी टिमबिच आज सिजनको दोश्रो लिग खेलका लागि आमनेसामने हुन लागेका हुन् ।
पछिल्ला खेलमा आफ्नो कडा प्रदर्शन गरिरहेका म्यानचेस्टर युनाइटेड फरवार्ड रासफोर्डतर्फ धेरैको ध्यान केन्द्रित बनिरहेको छ । आजको खेलमा उनले कमाल देखाएको खण्डमा युनाइटेडले लिग उपाधिका लागि अंक घटाउनेछ । युनाइटेड समर्थकका लागि झनै लिग उपाधिका लागि झनै आशा पलाउनेछ ।
आजको खेल आर्सनलको घरेलु रंगशालामा हुनेछ । खेल नेपाली समय अनुसार राति ठीक १०ः१५ बजेबाट सुरु हुदैछ । आज खेल झनै रोमाञ्चक हुने पक्का देखिएको छ ।
आर्सनल १८ खेलपछि ४७ अंक जोडेर शीर्ष स्थानमा रहेको छ । युनाइटेड ३९ अंकका साथ चौथो स्थानमा रहेको छ । आर्सनलले १८ खेल खेलेको छ भने युनाइटेडले १९ खेल खेलेको छ ।
आज युनाइटेडले आर्सनललाई उसकै घरमा पराजित गर्न सके लिग लिडरसँगको अंक दूरी ५ मा छोट्याउनेछ । तर, आर्सनल विजयी भए उसले युनाइटेडलाई उपाधि होडमा फर्किन झनै कठिन बनाउनेछ ।
पछिल्ला ५ खेलमा आर्सनल अपराजित छ । उसले ४ खेल जित्दा एक खेल बराबरी गरेको छ । यता, युनाइटेड पनि उही अवस्थामा छ । उसले पनि ५ मा ४ खेल जित्दा एक खेल बराबरी गरेको छ । कतार विश्वकपपछि युनाइटेड घरेलु लिगमा ८ खेलमा लगातार अपराजित रहेको छ ।
आज हुने खेल युनाइटेडका लागि पाधि होडमा फर्किन र लय कायम राख्नका लागि ज्यादै महत्त्वपूर्ण हुनेछ ।
यस्तै, आजका ३ खेल मध्ये पहिलो खेलमा राति ७ः४५ बजेबाट म्यानचेस्टर सिटी र उल्भ्सको खेल हुँदैछ । यो खेल सिटीको घरेलु मैदानमा हुनेछ । अंक तालिकामा अहिले सिटी १९ खेलपछि ४२ अंकका साथ दोस्रो स्थानमा छ भने उल्भ्स १७ अंकका साथ १७औं स्थानमा रहेको छ ।
दोस्रो खेलमा राति ७ः४५ बजेबाटै लिड्स युनाइटेड र ब्रेन्टफोर्डको खेल हुँदैछ ।