आइतबार, माघ २२ २०७९
ताजा अपडेट

रोनाल्डो र मेस्सीको महाभिडन्त खेल सकियो, खेल बन्यो निकै नै रोमाञ्चक !


  • KTM Khabar
  • शुक्रबार, माघ ६ २०७९
2.8K
SHARES

एजेन्सी । विश्व फुटबल जगतको कट्टर प्रतिस्पर्धिको रुपमा हेरिने पोर्चुगल स्टार फुटबलर क्रिस्टियानो रोनाल्डो र अर्जेन्टिनाका स्टार फरवार्ड लिओनल मेस्सी आमनेसामने भएको खेल सकिएको छ । निकै रोमाञ्चक बनेको खेलमा पिएसजीले बाजी मार्न सफल भएको छ ।

साउदी अरबमा भएको रियाद सिजन टोली र पेरिस सेन्ट जर्मेन (पिएसजी) को मैत्रीपूर्ण खेलमा पिएसजी विजयी भएको हो । जुन खेलमा रोनाल्डो र मेस्सी आमनेसामने भए । पिएसजी ५–४ गोलले विजयी भएको छ ।

पिएसजीका लागि लिओनेल मेस्सी, किलीयन एमबाप्पे, मार्किन्हस, सर्जियो रामोस र ह्युगो एकिटिकेले गोल गरे । भने रियादका लागि कप्तान क्रिस्टियानो रोनाल्डोले दुई तथा एन्डरसन तालिस्का र जाङ ह्युन सुले १/१ गोल गरे ।

खेलको तेस्रो मिनेटमा नै लिओनेल मेस्सीले पिएसजीलाई अग्रता दिलाए । रोनाल्डोले पेनाल्टीमा गोल फर्काएको केहि मिनेटमा पिएसजी १० खेलाडीमा सिमित हुन पुग्यो ।

खेलको ३४ औं मिनेटमा रोनाल्डोले साउदी टोलीलाई पेनाल्टीमार्फत गोल गर्दै खेलमा फर्काए ।

पिएसजीका कप्तान मार्किन्हसले ४३ औं मिनेटमा गोल गर्दै पिएसजीलाई अग्रता दिलाए ।

यस्तै, खेलको ५४ औं मिनेटमा पिएसजीले खेलमा तेस्रो पटक अग्रता लियो । ५९ औं मिनेटमा पिएसजीले पेनाल्टी पायो । पेनाल्टी क्षेत्रभित्र मेस्सीको प्रहार अल बुलाहीले रोकेपछि रेफ्रीले पेनाल्टी दिए । किलीयन एमबाप्पेले पेनाल्टीलाई गोलमा परिणत गर्दै पिएसजीलाई अघि बढाए ।

खेलको ७८औं मिनेटमा पिएसजीले अग्रता दोब्बर पार्यो । ह्युगो एकिटिकेले काउन्टर अट्याकमा आएको बललाई अघि बढाउँदै वन भर्सेस वनको अवस्थामा सुन्दर फिनिस गरे ।


खुशी मिडिया प्रा.ली. द्धारा सञ्चालित KTMKHABAR लाई नेपाली र अंग्रेजी संस्करणबाट पढ्न, हेर्न र सुन्न सक्नुहुनेछ । एप्सबाट सिधा समाचार पढ्न एन्ड्रोइडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् । फेसबुक, युटुब र ट्वीटरमा पनि हामिसंग जोडिन सक्नुहुनेछ ।


प्रतिक्रिया
सम्बन्धित समाचार

यो साता चर्चामा