आइतबार, माघ २२ २०७९
ताजा अपडेट

पहिलो हाफको खेल सकियो, चम्किए रोनाल्डो !


  • KTM Khabar
  • बिहिबार, माघ ५ २०७९
3.8K
SHARES

एजेन्सी । फ्रान्सेली क्लब पेरिस सेन्ट जर्मेन (पिएसजी) र साउदी अरबमा हुने रियाद सिजन टिमविचको खेलको पहिलो हाफ सकिएको छ । दुवै टिम विच कडा प्रतिस्पर्धा हुँदै पहिलो हाफको खेल सकिएको छ ।

पहिलो हाफको खेलमा पिएसजी र रियाद सिजन टिमले बराबरी गोल गरेका छन् । जसमा रोनाल्डो र मेस्सी दुवैले गोल गर्न सफल भएका छन् ।

रियाद सिजन टिमका लागि रोनाल्डोले २ गोल गरेका छन् । भने पिएसजीका लागि लिओनल मेस्सी र मार्क्युन्हसले गोल गर्न सफल भए ।

कसले बाजी मार्ने हो त्यो भने खेलको अन्तिमसम्म हेर्नु पर्ने हुन्छ । दोश्रो हाफको खेल केही मिनेटमै सुरु हुनेछ ।

पिएसजीले फरवार्ड किलीयन एमबाप्पे, लिओनेल मेस्सी र नेयमार तीनै जना पहिलो रोजाइमा मैदान उतारेको छ । मिडफिल्डर रेनाटो सान्चेस, कार्लोस सोलर र फाबियन रुइजले मिडफिल्ड सम्हाल्नेछन् ।

डिफेन्समा कप्तान मार्किन्हस, सर्जियो रामोस, अक्रफ हाकिमी र जुआन बर्नाट छन् । गोलरक्षकमा केलर नाभास खेलेका छन् ।

यस्तै, रियाद टोलीका लागि कप्तान क्रिस्टियानो रोनाल्डो छन् । उनलाई आक्रमणमा ओडीओन इघालो, मौसा मारेगा र एन्डरसन टालिस्काले साथ दिनेछन् ।

मिडफिल्डमा मुसाब फाहद अल जुवेर र लुइज गुस्ताभो छन् । डिफेन्समा अल्भारो गोन्जालेज, मोहमद अल ब्रेक, अलि अल बोलेआही र कोनान छन् । गोलरक्षकमा अल ओवाइस रहेका छन् ।


खुशी मिडिया प्रा.ली. द्धारा सञ्चालित KTMKHABAR लाई नेपाली र अंग्रेजी संस्करणबाट पढ्न, हेर्न र सुन्न सक्नुहुनेछ । एप्सबाट सिधा समाचार पढ्न एन्ड्रोइडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् । फेसबुक, युटुब र ट्वीटरमा पनि हामिसंग जोडिन सक्नुहुनेछ ।


प्रतिक्रिया
सम्बन्धित समाचार

यो साता चर्चामा