सोमबार, माघ २३ २०७९
ताजा अपडेट

अन्ततः पल शाहले पाए सफाइ !


  • KTM Khabar
  • मंगलबार, माघ ३ २०७९
1.3K
SHARES

फाइल तस्विर

तनहुँ । चर्चित नायक पल शाहलाई जिल्ला अदालत तनहुँबाट सफाइ पाएका छन् । मंगलबार जिल्ला न्यायाधीश कोमलप्रसाद आचार्यको इजलासले उनी माथिको अभियोगमा दाबी नपुगेको भन्दै शाहलाई सफाइ दिएको हो । पल शाहका कानुन व्यवसायी कमलामोहन वाग्लेले यस विषयलाई पुष्टि गरेका छन् ।

जिल्ला अदालतले पल शाहका म्यानेजर कृष्ण जोशीलाई पनि सफाइ दिएको छ । जोशीलाई उक्त प्रकरणमा सहयोगी भूमिका खेलेको आरोप थियो ।

एक बालिकालाई ब ला त्का र गरेको आरोपमा तनहुँ र नवलपरासी पूर्वमा शाहमाथि मुद्दा दायर भएको थियो । सोही मुद्दामा जिल्ला अदालत नवलपरासी पूर्वले भने शाहलाई बलात्कार मुद्दामा सफाइ दियो भने बाल यौन दु रु प यो ग आरोपमा २ वर्ष ६ महिना जेल सजाय र पीडितलाई १० लाख रुपैयाँ क्षतिपूर्ति दिनुपर्ने फैसला गरेको थियो ।

नवलपुर अदालतको फैसलाविरुद्ध अभिनेता शाहले उच्च अदालत पोखरामा पुनरावेदन दिएका छन् ।

गत फागुन ११ गते नाबालिकाका बुबाले पलविरुद्ध तनहुँ र नवलपुर जिल्ला प्रहरी कार्यालयमा उजुरी दिएका थिए ।

उजुरी पछि फरार रहेका पलले फागुन १५ गते जिल्ला प्रहरी कार्यालय तनहुँ पुगेर आत्मसमर्पण गरेका थिए ।


खुशी मिडिया प्रा.ली. द्धारा सञ्चालित KTMKHABAR लाई नेपाली र अंग्रेजी संस्करणबाट पढ्न, हेर्न र सुन्न सक्नुहुनेछ । एप्सबाट सिधा समाचार पढ्न एन्ड्रोइडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् । फेसबुक, युटुब र ट्वीटरमा पनि हामिसंग जोडिन सक्नुहुनेछ ।


प्रतिक्रिया
सम्बन्धित समाचार

यो साता चर्चामा