बुधबार, जेष्ठ १७ २०८०
ताजा अपडेट

जमरकट्टेललाई बिस्वासको मत दिने निर्णयमा श्रीराम लामिछाने सहित छ सांसदको असहमति


  • KTM Khabar
  • मंगलबार, माघ ३ २०७९
4.9K
SHARES

नेकपा माओवादी केन्द्रबाट बागमती प्रदेशको मुख्यमन्त्री बनेका शालिकराम जमकट्टेललाई विश्वासको मत दिने पार्टी निर्णयमा कांग्रेसका छ सांसदले असहमति राखेका छन् ।

लोकतन्त्रको मुल्य र मान्यतामा संसद चल्नु पर्छ भन्दै बागमति प्रदेशका मुख्यमन्त्री जमरकट्टेललाई बिश्वासको मत दिने निर्णयमा संसदिय दलमा कांग्रेसका ६ सांसदहरुले असहमति जनाएका हुन् ।

प्रदेशको कार्यसम्पादन समितिले बहुमतको आधारमा विश्वासको मत दिने निर्णय गरेको थियो । उक्त निर्णय आफूहरुलाई अमान्य भएकाले संसदीय दलको बैठकमा फरक मत राखेको कांग्रेस सांसद श्रीराम लामिछानेले बताए ।

श्रीराम लामिछाने, छिरिङ दोर्जे लामा, सुरजचन्द्र लामिछाने, सुरेश श्रेष्ठ, शान्ता ढकाल र क्षेत्रबहादुर बम्जनले फरक मत राखेका हुन् ।

‘कांग्रेस जस्तो लोकतान्त्रिक पार्टी बैचारिक स्पष्टता र लोकतान्त्रिक मूल्य, मान्यता अनुरुप चल्नु पर्दछ भन्ने हाम्रो मान्यता हो ,’ लामिछानेले भने ।

नवनियुक्त मुख्यमन्त्री जमकट्टेलले प्रदेश सभामा आज विश्वासको मत लिँदैछन् । केन्द्रमा बनेको सत्ता साझेदार दलले बागमतीमा सरकार बनाएका छन् । एमाले र राप्रपा सरकारमा सहभागी भएका छन् ।


खुशी मिडिया प्रा.ली. द्धारा सञ्चालित KTMKHABAR लाई नेपाली र अंग्रेजी संस्करणबाट पढ्न, हेर्न र सुन्न सक्नुहुनेछ । एप्सबाट सिधा समाचार पढ्न एन्ड्रोइडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् । फेसबुक, युटुब र ट्वीटरमा पनि हामिसंग जोडिन सक्नुहुनेछ ।


प्रतिक्रिया
सम्बन्धित समाचार

यो साता चर्चामा