शुक्रबार, साउन २९ २०८३
ताजा अपडेट

विश्व चर्चित रियल मड्रिड र बार्सिलोना आज भिड्दै, हुनेछ सिजनको पहिलो उपाधि चुम्ने अवसर !


  • आइतबार, माघ १ २०७९
8.9K
SHARES

एजेन्सी । यस सिजनको पहिलो उपाधिका लागि विश्व चर्चित स्पेनिस क्बल रियल मड्रिड र बार्सिलोना आमनेसामने हुने भएका छन् । आज नेपाली समय अनुसार राति १२ः४५ बजेबाट खेल सुरु हुने छ । दुई ठूला र कट्टर प्रतिस्पर्धी रियल मड्रिड र बार्सिलोना ‘सुपरकोपा डे स्पोना’ फुटबलको उपाधिका लागि भिड्ने भएका हुन् ।

दुवै टिमले सेमिफाइनलमा पेनाल्टी सुटआउटमा संघर्षपूर्ण जित निकाल्दै फाइनलमा एकअर्काको भेट पक्का गरेका थिए ।

रियल मड्रिडले भ्यालेन्सिा हराउदै फाइनल प्रवेश गरेको थियो । भने बार्सिलोनाले बेटिसलाई पेनाल्टी सुटआउटमा हराएर फाइनल प्रवेश गरेका थियो । खेल रोमाञ्चक हुनेमा दुईमत छैन ।

यी दुई ठुला क्लब बार्सिलोना र रियललाई दुवै आज एकअर्कालाई हराएर सिजनको पहिलो उपाधि चुम्ने अवसर बनेको छ । घरेलु लिगमा अहिले बार्सिलोना शिर्ष स्थानमा रहेको छ र रियल दोस्रो स्थानमा छ ।

आज साउदीमा यी दुई टिम उपाधिका लागि कडा प्रतिस्पर्धा गर्नेछन् । पछिल्ला ७ खेलमा रियलले ६ खेल जितेको छ भने बार्सिलोनाले मात्रै एक खेल जितेको छ ।

रियल आफ्नो जितको लयलाई काम राख्न चाहन्छ भने बार्सिलोना जितको बाटोमा फर्कन चाहन्छ ।

आज हुने फाइनल खेलअघि बार्सिलोनाका प्रशिक्षक जाभीले ‘सुपर कपको फाइनलमा रियल मड्रिडलाई हराएर उपाधि जित्न आफूसँग धेरै उपाय र अस्त्रहरू रहेको जनाएका छन् ।

सुपरकोपा डे स्पोनाको फाइनल खेल साउदीको रियादस्थित किङ फाहद इन्टरनेसनल रंगशालामा हुनेछ । भने यस अघिको सेमिफाइनलको दुई खेल पनि सोही रंगशालामा भएको थिए ।


खुशी मिडिया प्रा.ली. द्धारा सञ्चालित KTMKHABAR लाई नेपाली र अंग्रेजी संस्करणबाट पढ्न, हेर्न र सुन्न सक्नुहुनेछ । एप्सबाट सिधा समाचार पढ्न एन्ड्रोइडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् । फेसबुक, युटुब र ट्वीटरमा पनि हामिसंग जोडिन सक्नुहुनेछ ।


प्रतिक्रिया
सम्बन्धित समाचार

यो साता चर्चामा