मंगलबार, माघ २४ २०७९
ताजा अपडेट

बेलको यस्तो घोषणाले हल्लियो सिंगो फुटबल जगत्, रोनाल्डो-मेस्सी बने हेरेको हेर्यै !


  • KTM Khabar
  • मंगलबार, पुष २६ २०७९
12.9K
SHARES

फाइल तस्विर

काठमाडौँ । विश्व चर्चित वेल्सका कप्तान ग्यारेथ बेलले अप्रत्याशित रूपमा गरेको फुटबल सन्यासले सिंगो फुटबल जगत् हल्लिएको छ । फुटबलमा महत्वपुर्ण उपाधि जितेका बेलले सोमबार सामाजिक सञ्जालबाट व्यवसायिक खेल जीवनबाट सन्यास लिएको घोषणा गरेका हुन् ।

यस पटकको फिफा विश्वकप फुटबलको उपाधि जितेका अर्जेन्टिनी फुटबलर लिओनल मेस्सीले अन्तिम विश्वकप रहेको उद्घोष गरेका थिए । तर, उपाधि जितेपछि उनले बोली फेर्दै सन्यास नलिने बताए ।

यस्तै, पोर्चुगलका फुटबल स्टार क्रिस्टियानो रोनाल्डोले यस पटकको विश्वकप पछि सन्यास लिने सक्ने आकलन गरिएको थियो । त्यो हुन सकेन । यी दुवै स्टार फुटबलरलाई हेरेको हेर्यै बनाउँदै बेलले भने अप्रत्याशित रूपमा सन्यास घोषणा गरेका छन् ।

वेल्सका कप्तान बेलले ३३ वर्षको उमेरमा फुटबलबाट सन्यासको घोषणा गरेका हुन् । उनी वेल्सको सबैभन्दा धेरै क्याप र सर्वाधिक गोलकर्ता खेलाडी हुन् ।

स्पेनिस क्लब रियल म्याड्रिडबाट पाँच पटक च्याम्पियन लिग र तीन पटक स्पेनिस ला लिगा जितेका बेल वेल्सका अहिलेसम्मकै उत्कृष्ट फुटबलर बनेका छन् ।

सन्यास घोषणा गर्दै बेलले भने, ‘होशियार र सोचविचार पछि, म क्लब र अन्तर्राष्ट्रिय फुटबलबाट तत्काल सन्यासको घोषणा गर्छु । मलाई मन पर्ने खेल खेल्ने मेरो सपना साकार गर्न पाउँदा म अविश्वसनीय रूपमा भाग्यशाली महसुस गर्छु ।’

फिफा विश्वकप कतार २०२२ मा आफ्नो टोलीलाई ५८ वर्षपछि विश्वकपमा प्रतिस्पर्धा गराउँदा उनी टोलीका कप्तान बनेको थिए । उनले २०१६ र २०२० मा युरोकप समेत खेलेका छन् । १११ क्यापमा ४१ गोलका साथ उनी वेल्सको सर्वाधिक गोलकर्ता र बढी क्याप जित्ने खेलाडी बनेका छन् ।

सन् २०१०–११ र २०१२–१३ मा टोटनह्याममा रहँदा दुई पटक वर्षको उत्कृष्ट फुटबलर घोषित बन्न पुगेका थिए ।

यस्तै, बेल सेप्टेम्बर २०१३ मा ८० मिलियन पाउन्ड मूल्यमा तत्कालीन अवस्थामा विश्व कीर्तिमान शुल्कमा स्पेनिस क्लब रियल म्याड्रिड गएका थिए ।

‘फुटबलले मलाई मेरो जीवनका केही उत्कृष्ट क्षणहरू दिएको छ ।’ बेलले थपे, ‘अर्को अध्याय के हुनेछ । थाहा छैन । १७ सिजनहरू भन्दा उच्चको उच्चतम, जुन असम्भव नै हुनेछ ।’


खुशी मिडिया प्रा.ली. द्धारा सञ्चालित KTMKHABAR लाई नेपाली र अंग्रेजी संस्करणबाट पढ्न, हेर्न र सुन्न सक्नुहुनेछ । एप्सबाट सिधा समाचार पढ्न एन्ड्रोइडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् । फेसबुक, युटुब र ट्वीटरमा पनि हामिसंग जोडिन सक्नुहुनेछ ।


प्रतिक्रिया
सम्बन्धित समाचार

यो साता चर्चामा