आइतबार, माघ २२ २०७९
ताजा अपडेट

पब्जी विश्व च्याम्पियनसिपमा नेपालले रच्यो नयाँ इतिहास, जित्यो अहिलेसम्मकै ठुलो रकम !


  • KTM Khabar
  • आइतबार, पुष २४ २०७९
3.6K
SHARES

काठमाडौँ । पब्जी मोबाइल विश्व च्याम्पियनसिपमा नेपालले नयाँ इतिहास रच्न सफल भएको छ । आज भएको पब्जी मोबाइल विश्व च्याम्पियनसिपमा नेपाली पब्जी मोबाइल टिम डिआरएस गेमिङ्ग उपविजेता बनेसँगै नयाँ इतिहास रच्न सफल भएको हो ।

इन्डोनेसियामा भएको पब्जी मोबाइल विश्व च्याम्पियनसिपमा नेपाली टिम डीआरएस गेमिङ्ग उपविजेता भएको छ । भने, टर्कीको एसटूजीले पब्जी मोबाइल विश्व च्याम्पियनसिपको उपाधि जित्न सफल भएको छ ।

फाइनल चरणको खेलमा एसटूजीले १९० अङ्क जोड्दै उपाधि जितेको हो । भने नेपाली टिम डीआरएसले १५८ अङ्क जोड्दै पब्जी मोबाइल विश्व च्याम्पियनसिपको उपविजेता बनेको हो । उपविजेता डीआरएसले २ लाख अमेरिकी डलर पुरस्कार पाएको छ । जुन पुरस्कार रकम अहिलेसम्मकै ठुलो रकम बन्न पुगेको छ ।

फाइनल पुगेको नेपालकै अर्को टिम ट्रेण्ड टु कील (टीटूके) भने १३ औँ स्थान बन्न पुग्यो ।

पब्जी मोबाइल विश्व च्याम्पियनसिपमा नेपाली पब्जी टिम ट्रेण्ड टु कील (टीटूके) र डिआरएस गेमिङ्ग फाइनल चरणमा प्रवेश गरेको थियो । यस्तै, नेपालको तेस्रो टिम स्काइ लाइड्जले भने सर्भाइभल चरण पार गर्न सकेन ।

पब्जी मोबाइल विश्व च्याम्पियनसिपमा विश्वभरबाट छानिएका ४८ टोलीले समूह चरणमा प्रतिस्पर्धा गरेका थिए । १६ टिम रहेको समूहमा शीर्ष तीन स्थानमा रहने टोलीले सिधै फाइनल चरणमा प्रवेश पाएका थिए । टीटूके यसरी फाइनल चरणमा पुग्न सफल भएको थियो ।

पब्जी मोबाइल विश्व च्याम्पियनसिपको उपविजेता बनेको डीआरएस गेमिङ्ग भने समूह चरणमा पाँचौँ भएपछि सिधा छनोट हुन सकेको थिएन । पछि १६ टिम सहभागी लास्ट चान्स चरणमा पाँच टिम फाइनल चरणमा पुग्दा डीआरएस १११ अङ्कसहित चौथो बन्यो ।। यसरी डिआरएसले फाइनलको यात्रा तय गरेको थियो ।

समूह चरणको खेल मलेसियामा भएको थियो । फाइनल चरणको खेल भने जनवरी ६ देखि ८ सम्म इन्डोनेसियामा भएको हो ।

फाइनल जितेको एसटूजीले ४ लाख अमेरिकी डलर पुरस्कार पाएको छ ।

नेपाली पब्जी टिम डिआरएस उपविजेता बनेसँगै काठमाडौँ महानगरपालिकाका मेयर बालेन्द्र शाहले नेपाली खेलकुदमा सबैभन्दा ठुलो सफलता भन्दै खुसी व्यक्त गरेका छन् । उनले भनेका छन्, ‘एतिहासिक सफलता । बिश्व Championship मा नेपाली टोलि दोश्रो भएको छ । लगभग ३ करोड रुपैया जितेको छ DRS gaming ले ।यो कुनै पनि नेपाली खेलकुदमा सबै भन्दा ठूलो सफलता हो ।’


खुशी मिडिया प्रा.ली. द्धारा सञ्चालित KTMKHABAR लाई नेपाली र अंग्रेजी संस्करणबाट पढ्न, हेर्न र सुन्न सक्नुहुनेछ । एप्सबाट सिधा समाचार पढ्न एन्ड्रोइडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् । फेसबुक, युटुब र ट्वीटरमा पनि हामिसंग जोडिन सक्नुहुनेछ ।


प्रतिक्रिया
सम्बन्धित समाचार

यो साता चर्चामा