सोमबार, माघ २३ २०७९
ताजा अपडेट

परिवारसहित साउदी पुगे रोनाल्डो, खुसी हुँदै समर्थकहरूलाई दिए यस्तो सन्देश !


  • KTM Khabar
  • मंगलबार, पुष १९ २०७९
1.1K
SHARES

एजेन्सी । फुटबल जगतकै कीर्तिमानी मुल्यमा अल नासर क्लबमा आवद्ध भएका पोर्चुगलका स्टार फुटबलर क्रिस्टियानो रोनाल्डो परिवारसहित साउदी अरब पुगेको छ । उनी आवद्ध क्लब अल नासरले रोनाल्डो साउदी आइपुगेको र स्वागत गर्दै गरेको तस्विर सार्वजनिक गरेको छ ।

रोनाल्डो क्लबमा आवद्ध भएपछि पहिलो पटक साउदी अरब पुगेका हुन् । तस्विरमा उनी निकै खुसी देखिएका छन् । भने उनीसंगै परिवार पनि संगै पुगेका छन् ।

स्टार फुटबलर रोनाल्डो सन् २०२५ सम्मका लागि साउदी अरेबियाको अल नासरसँग अनुबन्ध भएका हुन् । यस अघि म्यानचेस्टर युनाइटेडको कडा आलोचना गरेपछि दुवैले सम्झौता रद्ध गरेका थिए ।

नयाँ अनुबन्धअनुसार रोनाल्डोले प्रत्येक वर्ष साउदी क्लबबाट १७ करोड ७० लाख पाउन्ड (झन्डै २८ अर्ब नेपाली रुपैयाँ) पारिश्रमिक लिनेछन् । यो विश्व फुटबल इतिहासमै अहिलेसम्मको सबैभन्दा बढी पारिश्रमिकको कीर्तिमान हो ।

अनुबन्धपछि ३७ वर्षीय रोनाल्डोले आफू नयाँ देशमा फरक फुटबल अनुभव बटुल्न उत्सुक रहेको जनाएका छन् । साउदी प्रो लिग च्याम्पियन अल नासरले पनि रोनाल्डोलाई अनुबन्ध गरेर नयाँ इतिहास बनाउने क्रममा रहेको बताएको छ ।

यस्तै, आफु साउदी आइपुगेको जानकारी गराउदै रोनाल्डोले न्यानो स्वागतका लागि धन्यवाद दिएका छन् । उनले भनेका छन्, ‘न्यानो स्वागत को लागी धन्यवाद रियाद । तपाईलाई आज राति रंगशालामा हेर्नको लागि कत्तिको तत्पर हुनुहुन्छ ।’


खुशी मिडिया प्रा.ली. द्धारा सञ्चालित KTMKHABAR लाई नेपाली र अंग्रेजी संस्करणबाट पढ्न, हेर्न र सुन्न सक्नुहुनेछ । एप्सबाट सिधा समाचार पढ्न एन्ड्रोइडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् । फेसबुक, युटुब र ट्वीटरमा पनि हामिसंग जोडिन सक्नुहुनेछ ।


प्रतिक्रिया
सम्बन्धित समाचार

यो साता चर्चामा