एजेन्सी । पेरिस सेन्ट जर्मेन (पिएसजी) का फरवार्ड द्धय लिओनल मेस्सी र नेयमार मैदानमा नभएसंगै पिएसजीले नमिठो हार बेहार्नु परेको छ । पिएसजीका मुख्य खेलाडी मध्यका एक किलीयन एमबाप्पे मैदानमा थिए । तर, पनि पिएसजीले हार बेहोर्न पुगेको छ ।
फ्रान्सेली लिग अन्तर्गतको खेलमा पिएसजीको लागि जारी सिजनका लागि पहिलो हार बनेको छ । लिगको दोस्रो स्थानमा रहेको आरसी लेन्सले पिएसजीलाई ३–१ ले पराजित गरेको हो ।
पिएसजीका लागि लेन्सले खेलको केही मिनेटमै गोल गर्न सफल भएको थियो । त्यसपछि पिएसजीले बराबरीमा फर्काए पनि अन्ततः थप दुई गोल थप्दै आरसी लेन्स विजयी हुन पुग्यो ।
लेन्सका लागि प्रेम्स्ला फ्रान्कोस्कीले खेलको ५औँ मिनेटमा गोल गर्दै अग्रता दिलाए । त्यसपछि पिएसजीका ह्युगो एकिटिकेले खेलको ८औँ मिनेटमा नै बराबरी गोलमा ल्याउन सफल भए ।
यस्तै, लेन्सका लागि खेलको २८ औं मिनेटमा लुइस ओपेन्डाले गोल गर्न सफल भए । उनले सेको फोफानाको पासमा गोल गरेका हुन् ।
खेलको ४७औँ मिनेटमा लेन्सले अग्रता बढायो । एलेक्सिस क्लाउड मरिसले गोल गर्दै टिमलाई ३–१ ले अगाडी बढाए ।
त्यसपछि पिएसजीले आक्रामक परिवर्तन गरेपनि गोल फर्काउन सकेन । लिगको १७ औं खेलमा पिएसजी पराजय हुन पुगेको छ ।
स्टार फरवार्डद्वय मेस्सी र नेयमार अनुपस्थित हुँदा एमबाप्पेले फरवार्डको मुख्य जिम्मेवारी सम्हालेका थिए । तर उनले यस पटक गोल गर्न भने सकेनन् ।
लिओनल मेस्सी अर्जेन्टिनालाई फिफा विश्वकप कतार २०२२ को उपाधि दिलाएपछि क्लबको विदामा बसेका छन् । उनी खेलमा फर्केका छैनन् । उनी यसै साता फ्रान्स फर्कने जनाएको छ ।
यस्तै, नेयमार भने प्रतिबन्धका कारण आजको खेलमा उपस्थित थिएनन् । पछिल्लो खेलमा रातो कार्ड पाएपछि लेन्ससंगको खेल गुमाए हुन् ।
लिगको शिर्ष स्थानमा रहेको पिएसजीको १७ खेलमा ४४ अंक छ । लेन्स १७ खेलमा ४० अंक जोड्दै दोश्रो स्थानमा छ ।