शुक्रबार, साउन २९ २०८३
ताजा अपडेट

विश्व चर्चित ईपीएलको शीर्ष स्थानमा रहेको आर्सनलले झनै बढायो अग्रता, सिटीलाई झड्का !


  • आइतबार, पुष १७ २०७९
8.5K
SHARES

एजेन्सी । विश्व चर्चित इंग्लिस प्रिमियर लिग (ईपीएल) अन्तर्गतको शिर्ष स्थानमा रहेका आर्सनलले दोश्रो स्थानमा रहेको म्यानचेस्टर सिटीसंग झनै अग्रता बढाएको छ । गए राति भएको खेलमा आर्सनल विजयी भएसंगै सिटी बराबरीमा रोकिन पुगेको छ । यसले सिधै फाइदा आर्सनललाई भएको छ ।

शीर्ष दौडमा रहेका म्यानचेस्टर सिटी बराबरीमा रोकिदा लन्डन क्लब आर्सनलले आफ्नो खेलमा जित निकाल्दै इंग्लिस प्रिमियर लिगमा ७ अंकको स्पष्ट अग्रता लिन सफल भएको हो ।

आर्सनलले घरेलु टोली ब्राइटनलाई ४–२ ले पराजित गर्दै शीर्षस्थानमा ७ अंकको अग्रता बनाउँदै उपाधि यात्रालाई झनै मजवुत बनाएको छ ।

दि अमेरिकन एक्सप्रेस कम्युनिटी स्टेडियममा शनिबार राति भएको खेलमा आर्सनलको जितमा बुकायो साका, मार्टिन ओडेगार्ड, इडुआर्ड एनकेइटा र गाब्रियल मार्टिनेलीले गोल गर्न सफल भए । ब्राइटनका लागि काओरु मितोमा र इभान फर्गुसनले गोल गरेका थिए ।

खेलको दोस्रो मिनेटमा नै बुकायो साकाको गोलबाट आर्सनलले १–० को अग्रता लिन सफल भयो । ३९औं मिनेटमा मार्टिन ओडेगार्डले गोल गर्दै आर्सनललाई पहिलो हाफमा २–० गोलको अग्रता दिए ।

यस्तै, खेलको दोश्रो हाफमा ४७औं मिनेटमा इडवार्ड एनकेइटाले गोल गरेपछि आर्सनल खेलमा ३–० को आरामदायी स्थितिमा अघि बढ्यो । ६५औं मिनेटमा कोओरु मितोमाले गोल गर्दै खेललाई ३–१ को स्थितिमा ल्याए ।

खेलको ७१औं मिनेटमा ओडेगार्डको पासमा गाब्रिल मार्टिनेलीले गोल गर्दै आर्सनलाई ४–१ ले अघि बढाए । ७७औं मिनेटमा इभान फर्गुसनले गोल गर्दै खेललाई ४–२ को स्थितिमा ल्याएका थिए । त्यसपछि थप गोल निस्कन नसक्दा आर्सनल विजयी हुन सफल भयो ।

यो जितसँगै शीर्षस्थानमा रहेको आर्सनलले दोस्रो स्थानमा रहेको म्यानचेस्टर सिटीलाई ७ अंकले पछि पारेको छ । आर्सनलको १६ खेलबाट ४३ अंक पुगेको छ । समान खेलबाटै सिटीको ३६ अंक छ । पराजित ब्राइटन २४ अंक जोडेर लिग तालिकाको आठौं स्थानमा रहेको छ ।


खुशी मिडिया प्रा.ली. द्धारा सञ्चालित KTMKHABAR लाई नेपाली र अंग्रेजी संस्करणबाट पढ्न, हेर्न र सुन्न सक्नुहुनेछ । एप्सबाट सिधा समाचार पढ्न एन्ड्रोइडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् । फेसबुक, युटुब र ट्वीटरमा पनि हामिसंग जोडिन सक्नुहुनेछ ।


प्रतिक्रिया
सम्बन्धित समाचार

यो साता चर्चामा