शुक्रबार, साउन २९ २०८३
ताजा अपडेट

जित होस् त लिभरपुलको जस्तो, विपक्षी खेलाडीबाटै मिल्यो दुई गोल उपहार !


  • शनिबार, पुष १६ २०७९
6.8K
SHARES

एजेन्सी । इंग्लिस प्रिमियर लिग (ईपीएल) अन्तर्गत गए राति भएको खेलमा लिभरपुल भाग्मानी सावित भएको छ । विपक्षी खेलाडी बाटै दुई गोल उपहार पाएसंगै जित निकालेको छ ।
ओउट फेइसले दुई आत्मघाती गोल उपहार दिएपछि लिभरपुलले इंग्लिस प्रिमियर लिगमा लेस्टर सिटीलाई पराजित गरेको हो ।

एनफिल्डमा भएको खेलमा लिभरपुलले घरेलु मैदानमा लेस्टर सिटीलाई २–१ ले पराजित गरेको हो । लेस्टरका किअरनान डिउसबुरी हलले गोल गर्दा लिभरपुलले दुवै गोल उपहार पाएको थियो ।

शुक्रबार राति भएको खेलको चौथो मिनेटमा नै का किअरनान डिउसबुरी हलको गोलबाट घरेलु टोली लिभरपुल खेलमा पछि परेको थियो । उनले पास्टन डाकाको पासमा गोल गरेका हुन् ।

उनै पास्टन डाका १५औं मिनेटमा चोट बोक्दै मैदानबाट बाहिरिनु परेको थियो । त्यसपछि लेस्टर दवावमा परेको थियो । उनको स्थानमा जेमी भार्डी मैदान छिरेका थिए ।

खेलको ३८औं मिनेटमा ओउट फेइसले आत्मघाती गोल गरेपछि लिभरपुलले खेललाई १–१ गोलको बराबरीमा ल्याए । एलेक्सान्डर आर्नाेल्डको क्रसलाई क्लियर गर्ने क्रममा ओउट फेइसले आफ्नै पोस्टमा गोल गर्न पुगेका थिए ।

यस्तै, खेलको ४५औं मिनेटमा ओउट फेइसले अर्काे आत्मघाती गोल गरेपछि लिभरपुलले पहिलो हाफमा २–१ को अग्रता लिन सफल भयो ।

डार्विन नुनेजले वान भर्सेस वानको स्थितिमा गरेको प्रहार पोलमा लागेर फर्कदा बललाई क्लियर गर्न पुगेका ओउट फेइसको खुट्टामा लाग्दै गोल हुन पुग्यो ।

यो जितसँगै छैटौं स्थानमा रहेको लिभरपुलको १६ खेलबाट २८ अंक पुगेको छ । पराजित लेस्टर १७ अंक जोडेर १३औं स्थानमा रहेको छ ।


खुशी मिडिया प्रा.ली. द्धारा सञ्चालित KTMKHABAR लाई नेपाली र अंग्रेजी संस्करणबाट पढ्न, हेर्न र सुन्न सक्नुहुनेछ । एप्सबाट सिधा समाचार पढ्न एन्ड्रोइडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् । फेसबुक, युटुब र ट्वीटरमा पनि हामिसंग जोडिन सक्नुहुनेछ ।


प्रतिक्रिया
सम्बन्धित समाचार

यो साता चर्चामा