मंगलबार, माघ २४ २०७९
ताजा अपडेट

एट्लेटिको म्याड्रिडको खेलमा ‘रातो कार्ड’ वर्षा, निकाल्यो सहज जित !


  • KTM Khabar
  • शनिबार, पुष १६ २०७९
1.7K
SHARES

एजेन्सी । स्पेनिस ला लिगा फुटबल प्रतियोगितामा गए राति भएको खेल तनाबपुर्ण बन्यो । चर्चित क्लब एट्लेटिको म्याड्रिड र इल्चेबिचको भएको खेल निकै नै तनाबपुर्ण बनेको हो । विश्वकप पछि भएको उक्त खेलमा ‘रातो कार्ड’ वर्षा हुन पुग्यो ।

घरेलु टोली एट्लेटिको म्याड्रिड र पाहुना टोली इल्चेबिचको खेलमा रेफ्रीले ३ रातो कार्ड वर्षा गराए । भने सात पहेलो कार्ड देखाएका देखाए ।

यद्यपी तनावपूर्ण बनेको खेलमा एट्लेटिको म्याड्रिडले स्पेनिस ला लिगामा विजयी भएको छ । घरेलु टोली एट्लेटिको म्याड्रिडले पाहुना टोली इल्चेमाथि २–० को सहज जित हात पारेको हो ।

वान्डा मेट्रोपोलिटानोमा बिहीबार राति भएको खेलमा एट्लेटिकोको जितमा जोआओ फेलिक्स र अल्भारो मोराटाले गोल गरे ।

उक्त खेलको पहिलो हाफमै पाहुना टोली इल्चे १० खेलाडीमा समेटिन पुगेको थियो । पहिलो हाफको ४६औँ मिनेटमा गोन्जालो भेर्डुले सिधै रातो कार्ड खाँदै मैदानबाट बाहिरिएको हुन् ।

दोस्रो हाफको शुरुमै घरेलु टोली एट्लेटिको म्याड्रिडका मारियो हर्माेसो तीन मिनेटको अन्तरमा दुई पहेँलो कार्ड खाँदै मैदानबाट बाहिरिए । उनी ५३औं मिनेटमा मैदानबाट बाहिरन पुगे ।

यस्तै, ५६औं मिनेटमा जोआओ फेलिक्सले गोल गर्दै एट्लेटिकोलाई १–० को अग्रता दिलाए । फेलिक्सले एन्टोइन ग्रिजमनको पासमा गोल गर्न सफल भएका थिए ।

७४औं मिनेटमा अल्भारो मोराटाले गोल गर्दै एट्लेटिकोलाई २–० ले अघि बढाए ।

खेलको ८३औँ मिनेटमा इल्चे ९ खेलाडीमा समेटिन पुग्यो । इल्चेका क्विइना दोहोरो पहेलो कार्ड खाँदै मैदानबाट बाहिरिए ।

थप गोल हुन नसक्दा एट्लेटिको २–० ले विजयी हुन सफल भयो । रेफ्री गुइलेर्माेले यस खेलमा तीन रातो कार्डसहित सात पहेलो कार्ड देखाएका थिए ।

यो जितसँगै एट्लेटिको १५ खेलबाट २७ अंक जोडेर तेस्रो स्थानमा उक्लिएको छ । भने पराजित इल्चे ४ अंक जोडेर लिग अंक तालिकाको पुछारमा छ ।


खुशी मिडिया प्रा.ली. द्धारा सञ्चालित KTMKHABAR लाई नेपाली र अंग्रेजी संस्करणबाट पढ्न, हेर्न र सुन्न सक्नुहुनेछ । एप्सबाट सिधा समाचार पढ्न एन्ड्रोइडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् । फेसबुक, युटुब र ट्वीटरमा पनि हामिसंग जोडिन सक्नुहुनेछ ।


प्रतिक्रिया
सम्बन्धित समाचार

यो साता चर्चामा