शुक्रबार, भाद्र १९ २०८३
ताजा अपडेट

ला लिगामा आज यी महत्त्वपूर्ण खेलहरू हुँदै, विश्व चर्चित क्लब रियल मड्रिडलाई यस्तो अवसर !


  • शुक्रबार, पुष १५ २०७९
6.4K
SHARES

फाइल तस्विर

एजेन्सी । स्पेनिस ला लिगा फुटबल प्रतियोगितामा आज महत्वपुर्ण खेलहरु हुँदैछ । आज विभिन्न ४ खेल हुनेछन् । विश्वकपपछि युरोपमा शीर्ष लिग फुटबल फर्किएकोमा ला लिगामा अघिल्लो दिनबाटै लिग सुचारु भइसकेको छ ।

लिगको १५औं साता अन्तर्गत विभिन्न ४ खेल हुँदा एक खेलमा साबिक विजेता रियल मड्रिडको पनि खेल पनि हुँदैछ । लिग तालिकाको दोश्रो स्थानमा रहेको रियललाई आजको खेल जितेको खण्डमा शिर्ष स्थानमा उक्लने अवसर हुनेछ ।
यस्तै, गत राति भएको खेलमा एथ्लेटिको मड्रिडले २०औं स्थानको इल्चेलाई २–० ले पराजित गर्दै तेस्रो स्थानमा चढिसकेको छ । सो खेलमा दुवै तर्फबाट गरी ३ जना खेलाडीले रातो कार्ड पाएका थिए ।

आज हुने पहिलो खेलमा राति ९ः४५ बजेबाट गेटाफे र मालोर्काले प्रतिस्पर्धा गर्दैछन् । खेल गेटाफेको घरेलु मैदानमा हुँदैछ । अहिले अंक तालिकामा गेटाफे १४ खेलपछि १४ अंकका साथ १५औं स्थानमा छ भने मालोर्का समान खेलपछि १९ अंकका साथ ११औं स्थानमा रहेको छ ।

आज हुने दोस्रो खेलमा सेल्टा भिगो र सेभिल्ला बीचको खेल हुँदैछ । यो खेल राति १२ः०० बजेबाट सेल्टाको घरेलु मैदानमा हुँदैछ । हाल अंक तालिकामा सेभिल्ला ११ अंकका साथ १८औं स्थानमा छ भने सेल्टा १२ अंकका साथ १७औं स्थानमा रहेको छ ।

आजको तेस्रो खेलमा राति १२ः०० बजेबाटै क्याडिज र अल्मेरियाको खेल हुँदैछ । यो खेल क्याडिजको घरेलु मैदानमा हुनेछ । हाल अंक तालिकामा ११ अंकका साथ १९औं स्थानमा छ भने अल्मेरिया १६ अंकका साथ १४औं स्थानमा रहेको छ ।

यस्तै आज हुने अर्को खेलमा भाल्लाडोलिड र साविक विजेता रियल मड्रिडको खेल हुँदैछ । यो खेल बिहान राति २ः१५ बजेबाट भाल्लाडोलिडको घरेलु मैदानमा हुनेछ ।

हाल अंक तालिकामा रियल १४ खेलपछि ३५ अंकका साथ दोस्रो स्थानमा छ भने भाल्लाडोलिड १७ अंकका साथ १३औं स्थानमा रहेको छ । आज जित निकालेको खण्डमा रियल लिगको शिर्ष स्थानमा पुग्नेछ ।

जित निकाल्न सके रियल बार्सिलोनालाई १ अंकले पछि पार्दै शीर्ष स्थानमा चढ्नेछ । तर, बार्सिलोनासँग एक खेल बाँकी नै हुनेछ । रियलले पछिल्ला ५ खेलमा मात्रै ३ खेल जित्दा १ खेलमा बराबरी गरेको छ भने एक खेल हारेको छ ।


खुशी मिडिया प्रा.ली. द्धारा सञ्चालित KTMKHABAR लाई नेपाली र अंग्रेजी संस्करणबाट पढ्न, हेर्न र सुन्न सक्नुहुनेछ । एप्सबाट सिधा समाचार पढ्न एन्ड्रोइडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् । फेसबुक, युटुब र ट्वीटरमा पनि हामिसंग जोडिन सक्नुहुनेछ ।


प्रतिक्रिया
सम्बन्धित समाचार

यो साता चर्चामा