काठमाडौँ । काठमाडौं महानगरपालिकाको नगर प्रहरी प्रमुख राजुनाथ पाण्डे विरुद्ध उजुरी परेपछि छानविन समिति गठन भएको छ । पाण्डे विरुद्ध एक महिला नगर प्रहरी हवल्दारले निवेदन दिएकी हुन् ।
नगर प्रहरी प्रमुख राजुनाथ पाण्डेबाट आफूमाथि दुर्व्यवहार भएको भन्दै ९ मंसिरमा प्रमुख प्रशासकीय अधिकृत वसन्त अधिकारी र उपमेयर सुनिता डंगोलसमक्ष निवेदन दिएकी थिइन् ।
पाण्डेले सुत्केरी अवस्थाकी महिला नगर प्रहरी हवल्दारको चरित्रमाथि औंला उठाउने गरेको र तथानाम गाली गर्दै जागिर खान मन भए बच्चा घरमै छोडेर आउने, मन नभए राजीनामा दिनु भनेर दुर्व्यवहार गरेको आरोप पीडित पक्षको छ ।
मंगलबार महानगरपालिका सामाजिक विकास विभागका प्रमुख गोपालप्रसाद पोखरेल संयोजकत्वमा ३ सदस्यीय समिति गठन गरिएको महानगरका प्रवक्ता नविन मानन्धरले जानकारी दिए ।
मानन्धरका अनुसार न्याय प्रशासन विभागको कर्मचारी सुमित्रा लामिछाने र सहरी योजना आयोगकी उपनिर्देशक कुमारी राई सदस्य रहेको समिति गठन भएको हो ।
७ दिनभित्र पाण्डे माथि छानविन गरेर समितिले प्रमुख प्रशासकीय अधिकृत समक्ष प्रतिवेदन बुझाउनुपर्ने छ ।
खुशी मिडिया प्रा.ली. द्धारा सञ्चालित KTMKHABAR लाई नेपाली र अंग्रेजी संस्करणबाट पढ्न, हेर्न र सुन्न सक्नुहुनेछ । एप्सबाट सिधा समाचार पढ्न एन्ड्रोइडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् । फेसबुक, युटुब र ट्वीटरमा पनि हामिसंग जोडिन सक्नुहुनेछ ।