शुक्रबार, साउन ८ २०८३
ताजा अपडेट

अष्ट्रेलियाबाट आयो नेपालीका लागि अत्यन्तै दुखद खबर !


  • बिहिबार, पुष १४ २०७९
95K
SHARES

फाइल तस्विर

काठमाडौँ । अष्ट्रेलियाको सिड्नीमा सडक दुर्घटनामा परि एक नेपालीको ज्यान गएको छ । सडक दुर्घटनामा एक नेपाली विलार्थीले ज्यान गुमाएका हुन् ।

स्थानीय प्रहरीका अनुसार पश्चिम सिड्नीको हवरफिल्डमा मोटरसाइकल दुर्घटनामा परि नेपाली विद्यार्थीको ज्यान गएको हो।

साथीको मोटरसाइकल मागेर चलाएका मृतकले सडकछेउको ट्राफिक पोलमा ठोक्किएर ज्यान गएको जनाइएको छ ।

यस्तै, पछिल्ला वर्षहरूमा थुप्रै नेपाली विद्यार्थीले अस्ट्रेलियाको समुन्द्री किनारमा पानीमा डुबेर ज्यान गुमाएका छन्। सिड्नीको क्रोनाला बिचमा बुधबार साँझ पानीमा रमाइलो गर्न गएका तीन नेपाली विद्यार्थी दुर्घटनामा परेका छन्।

समुन्द्री किनारमा पौडी खेल्ने क्रममा उनीहरूलाई समुद्री छालले बगाएको थियो। जसमध्ये एक जनालाई ढुंगामा र अर्कोलाई बालुवामा छालले हुत्याइदिएको थियो।

लाइफगार्ड समेत नभएको समयमा गहिरो पानीमा डुबेकी ती छात्रलाई स्थानीय पौडीबाजले पानीबाट निकालेका थिए।

पानीमा डुबेर गम्भीर घाइते भएकी उनलाई प्राथमिक उपचारपछि हेलिकप्टरद्धारा नजिकैको कोग्रा हस्पिटलमा भर्ना गरिएको छ। फोक्सोमा पानी जमेका कारण उनको अवस्था गम्भीर रहेको अस्पतालले जनाएको छ ।


खुशी मिडिया प्रा.ली. द्धारा सञ्चालित KTMKHABAR लाई नेपाली र अंग्रेजी संस्करणबाट पढ्न, हेर्न र सुन्न सक्नुहुनेछ । एप्सबाट सिधा समाचार पढ्न एन्ड्रोइडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् । फेसबुक, युटुब र ट्वीटरमा पनि हामिसंग जोडिन सक्नुहुनेछ ।


प्रतिक्रिया
सम्बन्धित समाचार

यो साता चर्चामा