एजेन्सी । विश्व चर्चित इंग्लिस प्रिमियर लिग (ईपीएल) को गोलकर्ताको शिर्ष स्थानमा रहको अर्लिङ ब्रट हालान्ड फेरी चम्किएका छन् । हालान्ड चम्किएसंगै तेश्रो स्थानमा रहेको म्यानचेस्टर सिटी दोश्रो स्थानमा उक्लिएको छ ।
घरेलु मैदानमा बुधबार राति भएको खेलमा म्यानचेस्टर सिटीले सिटी लिड्स युनाइटेडलाई ३–१ ले हराउँदै दोस्रो स्थानमा उक्लिएको हो ।
सिटीलाई विजयी गराउन अर्लिङ ब्रट हालान्डले दुई र रोड्रीले एक गोल गर्न सफल भए । पराजित टोली युनाइटेडका पास्कल स्ट्रुइकले एक गोल फर्काए ।
खेलको पहिलो हाफको इन्ज्युरी समयको थप गरिएको पहिलो मिनेटमा रोड्रीले गोल गर्दै सिटीलाई १–० को अग्रता दिलाउन सफल भए । ५१ औं मिनेटमा हालान्डले गोल गर्दै सिटीलाई २–० अघि बढाए । ६४ औं मिनेटमा हालान्डले व्यक्तिगत दोस्रो तथा टोलीका लागि तेस्रो गोल गर्दै सिटीलाई ३–० को अग्रता दिलाए ।
यो खेलमा दुई गोल गरेका हालान्डले इंग्लिस प्रिमियर लिग फुटबलमा सर्वाधिक छिटो २० गोल पूरा गर्ने किर्तीमान बनाएका छन् । यसै सिजनको सुरूमा सिटीमा प्रवेश गरेका हालान्डले १४ खेलमै उक्त गोल गर्न सफल भएका हुन् ।
त्यसपछि ७३ औं मिनेटमा पास्कलले गोल गर्दै खेललाई ३–१ को स्थितिमा ल्याए । बाँकी समयमा थप गोल नहुँदा सिटी ३–१ ले विजयी भयो ।
यस जितसँगै सिटीको १५ खेलबाट ३५ अंक पुगेको छ । समान खेलबाटै शीर्षस्थानको आर्सनलको ४० अंक छ । पराजित लिड्स १५ अंक जोडेर १५ औं स्थानमा छ ।
खुशी मिडिया प्रा.ली. द्धारा सञ्चालित KTMKHABAR लाई नेपाली र अंग्रेजी संस्करणबाट पढ्न, हेर्न र सुन्न सक्नुहुनेछ । एप्सबाट सिधा समाचार पढ्न एन्ड्रोइडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् । फेसबुक, युटुब र ट्वीटरमा पनि हामिसंग जोडिन सक्नुहुनेछ ।