एजेन्सी । पोर्चुगलका स्टार फरवार्ड क्रिष्टियानो रोनाल्डोले म्यानचेस्टर युनाइटेड छाडेपछि म्यानचेस्टर युनाइटेड झनै कडा बनेर निस्किएको छ । फिफा विश्वकप सुरु हुन पूर्व रोनाल्डो र युनाइटेडविच सम्झौता रद्ध भएको थियो । विश्वकपपछि खेलमा फर्किएको युनाइटेडले सानदार जित निकालेको छ ।
मंगलबार राति भएको खेलमा म्यानचेस्टर युनाइटेडले इंग्लिस प्रिमियर लिगमा सानदार जित निकालेको हो । युनाइटेडले घरेलु मैदानमा नटिङहम फरेस्टमाथि ३–० को सानदार जित आत्मसात गरेको हो ।
युनाइटेडको जितमा मार्कस रासफर्ड, एन्थोनी मार्सियाल र फ्रेडले गोल गर्न सफल भए । पहिलो हाफमा दुई तथा दोस्रो हाफमा एक गोल भएको थियो ।
ओल्ड ट्राफोर्डमा भएको खेलको १९औं मिनेटमा रासफर्डको गोलबाट युनाइटेडले १–० को अग्रता लिएको थियो । उनले क्रिष्टियन एरिक्सनको पासमा गोल गरेका थिए ।
यस्तै, खेलको २२औं मिनेटमा रासफर्डको पासमा एन्थोनी मार्सियालले गोल गर्दै युनाइटेडको अग्रता दोब्बर पारे ।
खेलको ७७औं मिनेटमा एरिक्सनको स्थानमा मैदान छिरेका फ्रेडले मैदान छिरेको १० मिनेटमा गोल गर्न सफल भएका थिए ।
यो जितसँगै युनाइटेड १५ खेलबाट २९ अंक जोडेर पाँचौ स्थानमा उक्लिएको छ । एक खेल बढी खेलेर ३० अंक जोडेको टोटेनहम चौथो स्थानमा छ ।
पराजित भएको नटिङहम १३ अंक जोडेर १९औं स्थानमा छ ।