सोमबार, माघ २३ २०७९
ताजा अपडेट

सलाह चम्कँदा लिभरपुलले निकाल्यो जित, विश्वकपमा तहल्का मच्चाएका गोलकिपर मार्टिनेजको टिमलाई नसोचेको झड्का !


  • KTM Khabar
  • मंगलबार, पुष १२ २०७९
13.7K
SHARES

एजेन्सी । स्टार फरवार्ड मोहम्मद सलाह चम्किएसंगै इंग्लिस प्रिमियर लिगमा लिभरपुलले थप ३ अंक जोड्न सफल भएको छ । विश्वकपपछिको पहिलो खेलमा स्टार फरवार्ड सलाह चम्किएका हुन् । उनले खेलको केही मिनेटमै गोल गर्दै अग्रता दिलाएका थिए ।

यस्तै, विश्वकपमा तहल्का पिटेका अर्जेन्टिनाका गोलकिपर इमिलियानो मार्टिनेज आवद्ध रहेको क्लब एस्टन भिल्लाले लिभरपुलसंग नमिठो हार ब्यहोरेको छ ।

लिभरपुलले घरेलु टोली एस्टन भिल्लामाथि ३–१ को सहज जित हात पारेको हो ।

लिभरपुलको जितमा मोहम्मद सलाह, भर्जिल भान डाइक र स्टेफन बाजसेटिकले गोल गर्न सफल भए । भिल्लाका ओली वाट्किन्सले एक गोल फर्काए ।

सोमबार नेपाली समय अनुसार राति ११ः१५ बजेबाट भएको खेलको पाँचौ मिनेटमा नै मोहम्मद सलाहले गोल गर्दै लिभरपुलका लागि १–० को अग्रता दिलाए । उनले एन्ड्रिउ रोबर्टसनको पासमा गोल गर्न सफल भएका थिए ।

३७औं मिनेटमा डिफेन्डर भर्जिल भान डाइकले गोल गर्दै लिभरपुललाई पहिलो हाफ मा २–० को अग्रता दिलाए । उनलेसलाहको पासमा गोल गर्न सफल भएका थिए ।

५९औं मिनेटमा ओली वाट्किन्सले गोल गर्दै भिल्लालाई २–१ को स्थितिमा ल्याएर खेलमा फर्कने संकेत दिए ।

८१औं मिनेटमा परिवर्तित खेलाडी स्टेफन बाजसेटिकले गोल गर्दै लिभरपुललाई ३–१ को जित दिलाए ।

यो जितसँगै लिभरपुल १५ खेलबाट २५ अंक जोडेर छैठौं स्थानमा रहन सफल भएको छ । पराजित एस्टन भिल्ला १६ खेलबाट १८ अंक जोडेर १२औं स्थानमा छ ।


खुशी मिडिया प्रा.ली. द्धारा सञ्चालित KTMKHABAR लाई नेपाली र अंग्रेजी संस्करणबाट पढ्न, हेर्न र सुन्न सक्नुहुनेछ । एप्सबाट सिधा समाचार पढ्न एन्ड्रोइडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् । फेसबुक, युटुब र ट्वीटरमा पनि हामिसंग जोडिन सक्नुहुनेछ ।


प्रतिक्रिया
सम्बन्धित समाचार

यो साता चर्चामा