एजेन्सी । विश्वचर्चित इंग्लिस प्रिमियर लिग अन्तर्गत फिफा विश्वकपको विश्रामपछि पुनः खेल सुरु भएको छ । आज भएको पहिलो खेलमा टोटेनहम हट्सपरलाई होएबिएरले हार हुनबाट जोगाएका छन् ।
ब्रेन्टफडसंग भएको खेलमा २–१ गोलले टोटेनहम पछि परको थियो । खेलको अन्ततिर होएबिएरले गोल गर्दै खेललाई बराबरीमा फर्काउनल सफल भए । जसबाट टोटेनहम हार हुनबाट जोगिएको छ ।
उक्त खेलबाट टोटेनहम हट्सपर र ब्रेन्टफर्डले अंक बाँडेका छन् । घरेलु टोली ब्रेन्टफर्डले २–० को अग्रता लिएपनि त्यसलाई जोगाउन नसक्दा २–२ को बराबरीमा चित्त बुझायो ।
ब्रेन्टफर्डका लागि भिटाली जानेल्ट र आइभन टोनीको गोलमा अघि बढेको थियो । टोटेनहमका लागि विश्वकप खेलेर लिग खेलमा फर्केका ह्यारी केन र पिएर एमिल होएबिएरले गोल गर्दै खेलमा फर्काए ।
१५ औं मिनेटमा जानेल्टले घरेलु टोलीलाई अघि बढाएका थिए । वैकल्पिक गोलरक्षक फ्रेजर फ्रोस्टरले सुरुवाती प्रहार बचाउने प्रयास सफल नहुँदा उनी गोल गर्न सफल भए ।
दोस्रो हाफको ५४ औं मिनेटमा आइभन टोनीले ब्रेन्टफर्डको अग्रता दोब्बर पारे । यद्यपी टोटेनहमले ६ मिनेटको अन्तरमा २ गोल गर्दै खेलमा पुनरागमन गरे ।
यो नतिजासँगै टोटेनहम चौथो स्थानमा नै रहेको छ । टोटेनहमको १६ खेलमा ३० अंक छ । ब्रेन्टफर्ड १६ खेलमा २० अंकसहित नवौं स्थानमा छ ।
खुशी मिडिया प्रा.ली. द्धारा सञ्चालित KTMKHABAR लाई नेपाली र अंग्रेजी संस्करणबाट पढ्न, हेर्न र सुन्न सक्नुहुनेछ । एप्सबाट सिधा समाचार पढ्न एन्ड्रोइडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् । फेसबुक, युटुब र ट्वीटरमा पनि हामिसंग जोडिन सक्नुहुनेछ ।