मंगलबार, माघ २४ २०७९
ताजा अपडेट

युएन मिसनमा पठाउन सशस्त्रको नयाँ निर्देशिका, यस्ता छन् छनोटका नयाँ मापदण्ड !


  • KTM Khabar
  • सोमबार, पुष ११ २०७९
836
SHARES

फाइल तस्विर

काठमाडौं । संयुक्त राष्ट्रसंघको मातहत शान्ति मिसनमा खटिने कर्मचारीको छनोटका लागि सशस्त्र प्रहरीले नयाँ निर्देशिका बनाएको छ । छनोटलाई पूर्ण रूपमा निष्पक्ष बनाउने उद्देश्यले नयाँ निर्देशिका लागू गरिएको सशस्त्र प्रहरी बलले जनाएको छ ।

गत साता गृह मन्त्रालयबाट स्वीकृत भएको निर्देशिकाअनुसार मिसनको छनोटलाई पूर्ण रूपमा ज्येष्ठताका अधारमा छनोट हुनेछ । सशस्त्र प्रहरी स्रोतका अनुसार मिसनमा खटिन न्यूनतम १५ वर्ष जागिर अवधि पुग्नुपर्नेछ ।

तर, कारबाहीमा परेका कर्मचारीको हकमा भने थप समय लाग्नेछ । एक पटक कारबाहीमा परेका दुई वर्षसम्म तथा दुईपटक कारबाहीमा परेका सात वर्षसम्म मिसनमा जान पाउने छैनन् ।

फर्म्ड पुलिस युनिट एफपियू मिसनमा खटिनेका लागि नयाँ निर्देशिका कार्यान्वयन गरिएको हो । सशस्त्र प्रहरीको दक्षिण सुडानमा एक एफपियू खटिएको छ । त्यस्तै, राष्ट्रसंघले अर्को द्वन्द्वग्रस्त देश मालीमा अर्को एफपियू खटाउने अन्तिम तयारी गरिरहेको छ ।

यसअघि उत्कृष्ट काम गर्नेलाई केही कोटा राखिएकोमा त्यसको दुरुपयोगको सम्भावना भएकाले नयाँ निर्देशिका लागू गरिएको सशस्त्र प्रहरी बलका एक उच्च अधिकारीले बताए । अब उत्कृष्ट भएर मिसनका लागि छनोट भएकाको हकमा पनि न्यूनतम १५ वर्ष अवधि पुग्नुपर्ने हुन्छ । आजको नयाँ पत्रिका दैनिकमा खबर छ


खुशी मिडिया प्रा.ली. द्धारा सञ्चालित KTMKHABAR लाई नेपाली र अंग्रेजी संस्करणबाट पढ्न, हेर्न र सुन्न सक्नुहुनेछ । एप्सबाट सिधा समाचार पढ्न एन्ड्रोइडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् । फेसबुक, युटुब र ट्वीटरमा पनि हामिसंग जोडिन सक्नुहुनेछ ।


प्रतिक्रिया
सम्बन्धित समाचार

यो साता चर्चामा