काठमाडौँ । नवनियुक्त प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले नेपालको ४४ औं प्रधानमन्त्रीको सपथ ग्रहण गरेका छन् । तेस्रो कार्याकालका लागि प्रधानमन्त्री बनेका प्रचण्डले यसपटक नेपाली पोशाक दौरा सुरुवाल सजिएर सपथ लिएका हुन् ।
राष्ट्रपति कार्यालय शीतल निवासमा एक विशेष समारोहमा उनलाई राष्ट्रपति विद्यादेवी भण्डारीले पद तथा गोपनियताको सपथ ग्रहण गराएकी हुन् ।
तेश्रो कार्यकाल प्रधानमन्त्री बनेका नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डलाई बलिउड अभिनेता विवेक ओबरायले बधाई दिएका छन् ।
हालैको आफ्नो नेपाल भ्रमणमा प्रचण्डसँगको भेटको तस्वीर सेयर गर्दै अभिनेता विवेक ओबरायले सुन्दर नेपालको प्रधानमन्त्री बनेको भन्दै सामाजिक सञ्जालमार्फत बधाई तथा शुभकामना दिएका छन् ।
ओबरायले फेसबुकमा लेख्छन्, ‘बधाई छ कमरेड प्रचण्ड । तेस्रो पटक सुन्दर नेपालको प्रधानमन्त्रीमा निर्वाचित हुनुभएकोमा । भर्खरै तपाईंसँगको भेटले सम्मानित महसुस गरायो । तपाईंले हामीलाई गर्नुभएको न्यानो माया र स्वागतले नेपालको विनम्रता र सांस्कृतिक करुणलाई झल्काउँछ ।’
नेपालको पर्यटन पवद्धन गर्न भन्दै १० दिने नेपाल भ्रमणमा आएको बेला प्रचण्डलाई भेट्न ओबराय मंसिर २९ गते खुमलटार पुगेका थिए । प्रचण्डलाई दिएको बधाई सन्देशमा ओबरायले प्रचण्डले आफूलाई नेपाली टोपी लगाइदिएको तस्वीर पनि सेयर गरेका छन् ।
ओबराय गत शनिबार स्वदेश फर्किएका थिए ।

खुशी मिडिया प्रा.ली. द्धारा सञ्चालित KTMKHABAR लाई नेपाली र अंग्रेजी संस्करणबाट पढ्न, हेर्न र सुन्न सक्नुहुनेछ । एप्सबाट सिधा समाचार पढ्न एन्ड्रोइडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् । फेसबुक, युटुब र ट्वीटरमा पनि हामिसंग जोडिन सक्नुहुनेछ ।