मंगलबार, माघ २४ २०७९
ताजा अपडेट

देउवाले प्रधानमन्त्री प्रचण्डलाई दिए बधाई


  • KTM Khabar
  • सोमबार, पुष ११ २०७९
836
SHARES

फाइल तस्विर

काठमाडौँ । नेपाली कांग्रेसका सभापति तथा पूर्व प्रधानमन्त्री शेरबहादुर देउवाले नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ प्रधानमन्त्री बनेकोमा बधाई दिएका छन् । सभापति देउवाले सोमबार बिहान माओवादी पदाधिकारी बैठक चलिरहेका बेला फोन गरेर बधाई दिएका हुन् ।

माओवादी केन्द्रका उपाध्यक्ष कृष्णबहादुर महराकले पदाधिकारी बैठकपछि भने, ‘कांग्रेसका नेताहरूले फोन गर्नुभयो, बधाई दिनुभयो । भर्खर शेरबहादुर देउवाले पनि बधाई दिनुभयो । रामचन्द्र पौडेल त खुलेर बोल्नुभयो, देउवाको हठले गठबन्धन टुट्यो भन्नुभयो ।’

‘अब कांग्रेसलाई पनि प्रधानमन्त्री स्वीकार्य भयो । बैठकले नेता नारायणकाजी श्रेष्ठलाई उपप्रधानमन्त्रीसहित सरकारमा पठाउने निर्णय पनि गरेको छ’ उपाध्यक्ष महराले भने ।

महराले भने, ‘चार बजेपछि शपथ छ । अहिले नारायणकाजी श्रेष्ठ सरकारमा जानुहुन्छ ।’ उनले मन्त्रालयबारे टुङ्गो लागि नसकेको भन्दै ११ बस्ने सात दलीय गठबन्धनबाट टुङ्गो लाग्ने पनि जानकारी दिए ।


खुशी मिडिया प्रा.ली. द्धारा सञ्चालित KTMKHABAR लाई नेपाली र अंग्रेजी संस्करणबाट पढ्न, हेर्न र सुन्न सक्नुहुनेछ । एप्सबाट सिधा समाचार पढ्न एन्ड्रोइडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् । फेसबुक, युटुब र ट्वीटरमा पनि हामिसंग जोडिन सक्नुहुनेछ ।


प्रतिक्रिया
सम्बन्धित समाचार

यो साता चर्चामा