सोमबार, माघ २३ २०७९
ताजा अपडेट

मेस्सीले विश्वकप जितेपछि विश्व चर्चित प्रशिक्षकले ग्वार्डिओलाले पठाए यस्तो सन्देश, खिच्यो फुटबल प्रेमीको ध्यान !


  • KTM Khabar
  • शुक्रबार, पुष ८ २०७९
1.3K
SHARES

फाइल तस्विर

एजेन्सी । फिफा विश्वकप फुटबलको २२औँ संस्करणको उपाधि अर्जेन्टिनाले जितेपछि विश्व चर्चित प्रशिक्षक पेप ग्वार्डिओलाले आफू असाध्यै खुसी भएका बताएका छन् । मेस्सीको फ्यान हुँ भन्दै आएका ग्वार्डिओलाले लिओनल मेस्सी नेतृत्वमा रहेको अर्जेन्टिनाले यस पटकको विश्वकप जित्छ भन्दै आएका थिए । उनले मेस्सी विश्वविजेता बन्दा आफू असाध्यै खुसी भएको बताएका छन् ।

स्पेनिस क्लब बार्सिलोनाको प्रशिक्षक रहँदा मेस्सीसंगै काम गरेका प्रशिक्षक अहिले मान्चेस्टर सिटीका मुख्य प्रशिक्षक हुन् ।

विश्व चर्चित प्रशिक्षक पेप ग्वार्डिओला र लियोनल मेस्सीबीच अहिले पनि घनिष्ठ सम्बन्ध रहेको जनाएका छन् । उनले मेस्सीलाई इतिहासकै सर्वकालीन महान् खेलाडी मान्दै आएका छन् ।

उनले मेस्सीले विश्वकपको उपाधि जितेपछि पूर्व प्रशिक्षक पेपले आफ्ना प्रिय खेलाडीलाई बधाई दिएका छन् । गत राति इंग्लिस कारावाओ कप फुटबलको अन्तिम १६ मा लिभरपुललाई पराजित गरेर म्यान्चेस्टर सिटी क्वार्टरफाइनल प्रवेश गरेपछि मिडियासँग कुरा गर्दै पेपले मेस्सीलाई बधाई सन्देश दिएका हुन् ।

उनले भने, ‘सबैको विचार छ तर कसैले पनि शंका गर्न सक्दैन कि, उनी त्यहाँ छन् । सबै समयको महानतासँग । मेरो लागि मैले धेरै पटक भनेँ, मेस्सी सर्वश्रेष्ठ हुन् । यसमा म कहिल्यै शंका गर्दिनँ,’ पेपले भनेका छन्, ‘एउटा खेलाडीले विगत ५० देखि ७० वर्षमा गरेको कामसँग प्रतिस्पर्धा गर्न सक्छ भन्ने बुझ्न गाह्रो हुन्छ । पेले वा अल्फ्रेडोे डी स्टेफानो वा डिएगो म्याराडोनालाई देख्ने मानिससँग, तिनीहरूका विचारहरू प्रायः भावनात्मक हुन्छन् ।’

प्रशिक्षक ग्वार्डिओलाले अगाडी थपे, ‘यदि मेस्सीले विश्वकप जितेका थिएनन् भने पनि उनले विश्व फुटबलका लागि के गरेको छ भन्ने अर्थ लाग्छ । मेरो विचारमा, यो बिलकुल परिवर्तन हुने थिएन । उनको लागि यो अविश्वसनीय क्यारियरको अन्तिम उपलब्धि हो ।’

उनी भन्छन्, ‘मैले व्यक्तिगत रूपमा सन्देश पठाएर मेस्सीलाई बधाई भनिसकेको छु । उनले यो ढिला जिते । तर, जित्नुपर्ने थियो । विश्वकप नजिती उनले सन्यास लिने कुरा मैले सोचेको थिइनँ । त्यो आज पूरा भयो ।’


खुशी मिडिया प्रा.ली. द्धारा सञ्चालित KTMKHABAR लाई नेपाली र अंग्रेजी संस्करणबाट पढ्न, हेर्न र सुन्न सक्नुहुनेछ । एप्सबाट सिधा समाचार पढ्न एन्ड्रोइडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् । फेसबुक, युटुब र ट्वीटरमा पनि हामिसंग जोडिन सक्नुहुनेछ ।


प्रतिक्रिया
सम्बन्धित समाचार

यो साता चर्चामा