काठमाडौं । फ्रान्सका फुटबलर करिम बेन्जेमाले फुटबल खेलबाट सन्यास लिएको घोषणा गरेका छन् । उनले आज आफ्नो जन्म दिनको अवसरमा अन्तर्राष्ट्रिय खेलबाट सन्यास लिएको घोषणा गरेका हुन् ।
बेन्जेमाले अन्तर्राष्ट्रिय खेलबाट सन्यास लिएको घोषणा गरेसंगै सिंगो फुटबल फ्यानको ध्यान खिचेका छन् । एकाएक यस्तो निर्णय बाहिरिएसंगै फुटबल फ्यान चकि परेका छन् ।
उनले सामाजिक सञ्जाल फेसबुकमार्फत यस्तो सन्यासको घोषणा गरेका हुन् । उनले लेखेका छन्, ‘मैले धेरै संघर्ष र गल्ती गरेको छु जसले मलाई यहाँसम्म ल्याइपुर्यायो जसका लागि म गर्व महसुस गर्छु । मैले मेरो इतिहास लेखेँ तर हाम्रो सपना अन्त्य भयो ।’
आइतबार भएको फिफा विश्वकप २०२२ को फाइनल खेलमा अर्जेन्टिनासँग फ्रान्स टाइब्रेकरबाट पराजित भएको थियो ।
करिम स्पेनिस क्लब रियल म्याड्रिडमा खेलिरहेका खेलाडी हुन् । उच्च लयमा रहेका उनले चोटका कारण विश्वकपका खेलहरु गुमाएका थिए ।
बेन्जेमाले फ्रान्स राष्ट्रिय टिमका लागि ९७ खेल खेल्दै ३७ गोल गरेका छन् ।
खुशी मिडिया प्रा.ली. द्धारा सञ्चालित KTMKHABAR लाई नेपाली र अंग्रेजी संस्करणबाट पढ्न, हेर्न र सुन्न सक्नुहुनेछ । एप्सबाट सिधा समाचार पढ्न एन्ड्रोइडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् । फेसबुक, युटुब र ट्वीटरमा पनि हामिसंग जोडिन सक्नुहुनेछ ।