शुक्रबार, भाद्र १९ २०८३
ताजा अपडेट

अर्जेन्टिनाले उचाल्यो विश्वकपको ट्रफी, एमबाप्पेको ह्याट्रिकसँगै फ्रान्स बन्यो उपविजेता !


  • सोमबार, पुष ४ २०७९
8.3K
SHARES

काठमाडौँ । फिफा विश्वकप कतार २०२२ को उपाधि लिओनल मेस्सी कप्तान रहेको अर्जेन्टिनाले जितेको छ । साविक विजेता फ्रान्सलाई टाई ब्रेकरमा पराजित गर्दै अर्जेन्टिनाले ३६ वर्षपछि विश्वकपको ट्रफी उचालेको हो ।

निर्धारित समय २–२ र अतिरिक्त समय ३–३ गोलको बराबरीमा सकिएपछि खेल टाइब्रेकरमा पुगेको थियो । पेनाल्टीमा ४–२ को नतिजा निकाल्दै अर्जेन्टिनाले तेस्रो विश्वकप उपाधि जित्यो ।

निर्धारित समयमा खेलको २३औं मिनेटमा मेसीले पेनाल्टी मार्फत गोल गर्दै अर्जेन्टिनालाई अग्रता दिलाएका थिए ।

खेलको २०औं मिनेटमा फ्रान्सका विङगर ओउस्मान डेम्बेलेले एन्जेल डिमारियालाई बक्स भित्र फाउल गरेपछि अर्जेन्टिनाले पेनाल्टी पाएको थियो । उक्त पेनाल्टिको सदुपयोग गर्दै अर्जेन्टिनाका कप्तानले सुुन्दर गोल गरे ।

डी मारियाले खेलको ३६औं मिनेटमा गोल गर्दै अर्जेन्टिनाको अग्रता दोब्बर पारेका थिए । ९० सेकेन्डमा एम्बाप्पलेले दुई गोल गर्दै फ्रान्सको उपाधि रक्षा यात्रालाई कायम राखे ।खेलको ८०औं मिनेटमा एम्बाप्पेले पेनाल्टीमार्फत गोल गर्दै फ्रान्सलाई २–१ को स्थितिमा ल्याएका थिए ।

ओटा मेन्डि रान्डाल कोलोमुआनीलाई १८ यार्ड बक्सभित्र फाउल गरेपछि फ्रान्सले पेनाल्टी पाएको थियो । उक्त पेनाल्टीलाई सदुपयोग गर्दै एम्बाप्पेले सुन्दर गोल गरे ।

त्यसको एक मिनेट नबित्दै एम्बाप्पलेले बराबरी गोल फर्काएका थिए । उनले मार्को थुरामको पासमा उनले गोल गरेका हुन् ।
निर्धिरित समयमा थप गोल हुन नसकेपछि खेल अतिरिक्त समयमा धकेलिएको थियो ।

खेलको १०८औं मिनेटमा मेसीले गोल गर्दै पुनः अर्जेन्टिनालाई अग्रता दिलाएका थिए । तर, ११८औं मिनेटमा ह्याट्रिक पुरा गर्दै एम्बाप्पेले खेललाई ३–३ को स्थितिमा ल्याएका थिए ।

अतिरिक्त समयमा थप गोल हुन नसकेपछि खेल पेनाल्टि सुट आउटमा पुगेको थियो ।

फ्रान्सका लागि पहिला पेनाल्टी हान्न आएका एम्बाप्पेले गोल गरेपनि ओउरेलिन चुआमेनी र किङग्स्ले कोमानको पेनाल्टी अर्जेन्टिनाका गोलकिपर मार्टिनेजले रोकेका थिए ।

अर्जेन्टिनाका मेसी, आउलो डिबाला, लेन्ड्रो पारेडेस र गोन्जालो मोन्तेइलले गोल गर्दै उत्कृष्ट जित दिलाए ।


खुशी मिडिया प्रा.ली. द्धारा सञ्चालित KTMKHABAR लाई नेपाली र अंग्रेजी संस्करणबाट पढ्न, हेर्न र सुन्न सक्नुहुनेछ । एप्सबाट सिधा समाचार पढ्न एन्ड्रोइडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् । फेसबुक, युटुब र ट्वीटरमा पनि हामिसंग जोडिन सक्नुहुनेछ ।


प्रतिक्रिया
सम्बन्धित समाचार

यो साता चर्चामा