एजेन्सी । फिफा विश्वकप कतार २०२२ को उपाधि साविक विजेता फ्रान्सले जितेको छ । लिओनल मेस्सी कप्तान रहेको अर्जेन्टिनालाई हराउदै फ्रान्सले उपाधि जितेको हो ।
निर्धारित ९० मिनेटको खेल २–२ को बराबरीमा सकिएपछि खेलमा ३० मिनेट थपिएको थियो ।
अर्जेन्टिनाको लागि पहिलो हाफमा कप्तान लियोनेल मेस्सी र एन्जल डि मारियाले गोल गरेका थिए । दोस्रो हाफमा किलियन एमबाप्पेले दुई मिनेटको अन्तरमा दुई गोल गरेपछि खेल बराबरीमा आएको थियो ।
खेलको २३ औं मिनेटमा अर्जेन्टिनाले मेस्सीको पेनाल्टी गोलमा अग्रता लियो । पेनाल्टी क्षेत्रभित्र ओस्मान डेम्बेलेले एन्जल डि मारियालाई लडाएपछि रेफ्रीले पेनाल्टी दिएका थिए । मेस्सीले विपक्षी कप्तान ह्युगो लोरिसलाई गलत दिशामा पठाउँदै अर्जेन्टिनालाई अघि बढाए ।
३६ औं मिनेटमा डि मारियाले गोल गर्दै अर्जेन्टिनाको अग्रता दोब्बर पारे । मिडफिल्डमा बल खोसेपछि सुरु भएको काउन्टर अट्याकलाई डि मारियाले पेनाल्टी क्षेत्र भित्रबाट फिनिस गरे । एलेक्सिस म्याक एलिस्टरले अफसाइड ट्र्याप बिट गरेपछि दिएको पासमा डि मारिया गोल गर्न सफल भए ।
८० औं मिनेटमा फ्रान्सका लागि किलियन एमबाप्पेले पेनाल्टीमा गोल गर्दै खेलमा फर्कने संकेत दिए । निकोलस ओटामेन्डीले पेनाल्टी क्षेत्रभित्र रान्डाल कोलो मुआनीलाई लडाएपछि रेफ्रीले पेनाल्टी दिएका थिए ।
एमबाप्पेले दुई मिनेट नबित्दै फ्रान्सलाई बराबरीमा ल्याए । कोलो मुआनीसँग पेनाल्टी क्षेत्र बाहिर पास साट्दै एमबाप्पेले सुन्दर गोल गरे । उनले पेनाल्टी क्षेत्र भित्रबाट पहिलो टचमा गरेको हाफ भलीमा मार्टिनेजले हात लगाएपनि पोस्टभन्दा बाहिर पठाउन सकेनन् ।
यस्तै, अतिरिक्त समयको खेलमा मेस्सीले १०८औँ मिनेटमा गोल गरे । भने फ्रान्सका लागि एमबाप्पेले गोल गर्दै खेललाई बराबरीमा फर्काए । अतिरिक्त समयमा पनि बराबरी गोल भएसंगै खेल टाइब्रेकरमा धकेलिएको छ । कसले जित्छ । त्यो भने हेर्न बाकी छ ।