शुक्रबार, भाद्र १९ २०८३
ताजा अपडेट

खेल नसकिँदै मेस्सीको नाममा बन्यो यस्तो नयाँ रेकर्ड, करोडौँ फ्यानको खुसीको सीमा नै रहेन !


  • आइतबार, पुष ३ २०७९
7.4K
SHARES

फाइल तस्विर

एजेन्सी । कतारमा जारी २२ औँ विश्वकप फुटबलको उपाधि भिडन्त अहिले भइरहेको छ । उपाधि भिडन्तका लागि साबिक विजेता फ्रान्स र दुई पटकको विजेता अर्जेन्टिना मैदान उत्रिएका छन् ।

नेपाली समयअनुसार आजको खेल ८ः४५ बजेबाट सुरु भएको छ । खेलमा जसले जिते पनि तेस्रो पटक विश्व च्याम्पियन बन्नेछन् । अर्जेन्टिनाले ३६ वर्षयता यो प्रतियोगिता जित्न सकेको छैन । यसबीचमा २ पटक फाइनल पुगेर पराजित भएको थियो ।

खेलको दोश्रो हाफको खेल चलिरहेको छ । अहिलेसम्म चलिहरको खेलमा अर्जेन्टिनाले दोब्बर गोलको अग्रता लिएको छ । यो खेल चलिरहँदा अर्जेन्टिनी स्टार फरवार्ड लिओनल मेस्सीको नाममा नयाँ बनेकोछ ।

अर्जेन्टिनाका कप्तान लियोनल मेसीले फिफा विश्वकपमा सर्वाधिक धेरै खेल खेल्ने खेलाडीको कीर्तिमान बनाएका हुन् ।

मेसीले जर्मनीका पूर्व मिडफिल्डर लोथर माथाउसको नाममा रहेको २५ खेलको कीर्तिमान आफ्नो नाममा राखेका हुन् । मेस्सीको यो विश्वकपमा २६ औं खेल हो ।

कतारमा जारी विश्वकपको फाइनल अन्तर्गत फ्रान्सविरुद्धको खेलमा सुरुआती–११ मा पर्दै मेसीले उनको कीर्तिमान भङ्ग गरेका हुन्।

यस्तै मेसीले विश्वकप फुटबलमा सबैभन्दा धेरै मिनेट खेल्ने खेलाडीको कीर्तिमानसमेत आफ्नो नाममा लेखाएका छन्।

विश्वकपमा इटालियन पूर्व डिफेन्डर पाओलो माल्दिनीको विश्वकपमा २,२१६ मिनेटको खेललाई उनले उछिनेका हुन्। ३५ वर्षीय मेसी विश्वकपको हरेक राउण्डमा गोल गर्ने पहिलो खेलाडीसमेत बनेका छन्।

कतारमा जारी २२ औं संस्करणको फिफा विश्वकपको फाइनलमा अर्जेन्टिनाका लागि मेसीले २३ औं मिनेटमा गोल गर्दै हरेक राउण्डमा गोल गर्न सफल भएका हुन्।


खुशी मिडिया प्रा.ली. द्धारा सञ्चालित KTMKHABAR लाई नेपाली र अंग्रेजी संस्करणबाट पढ्न, हेर्न र सुन्न सक्नुहुनेछ । एप्सबाट सिधा समाचार पढ्न एन्ड्रोइडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् । फेसबुक, युटुब र ट्वीटरमा पनि हामिसंग जोडिन सक्नुहुनेछ ।


प्रतिक्रिया
सम्बन्धित समाचार

यो साता चर्चामा