शुक्रबार, भाद्र १९ २०८३
ताजा अपडेट

पहिलो हाफको खेल सकियो, डिमारिया चम्कँदा अर्जेन्टिनाले लियो अग्रता !


  • आइतबार, पुष ३ २०७९
7.8K
SHARES

काठमाडौँ । फिफा विश्वकप फुटबलको २२औँ संस्करणको फाइनल खेल भइरहेको छ । उपाधि भिडन्तका साविक विजेता फ्रान्स र अर्जेन्टिना मैदानमा छन् । खेल नेपाली समय अनुसार ८ः४५ बजेबाट सुरु भएको हो ।

आजको खेलमा जसले जिते पनि तेस्रो पटक विश्व च्याम्पियन बन्नेछन् । अर्जेन्टिनाले ३६ वर्षयता यो प्रतियोगिता जित्न सकेको छैन । यसबीचमा २ पटक फाइनल पुगेर पराजित भएको थियो ।

अहिले खेलको पहिला हाफ सकिएको छ । कतारमा जारी फिफा विश्वकप २०२२ को फाइनलमा फ्रान्सविरुद्ध लिओनल मेसीले गोल गर्दै अर्जेन्टिनालाई अग्रता दिलाएका छन् ।

लुसेल रंगशालमा जारि खेलकोे २३औं मिनेटमा मेसीले पेनाल्टि मार्फत गोल गर्दै अर्जेन्टिनालाई अग्रता दिलाएका हुन् ।

खेलको २०औं मिनेटमा फ्रान्सका विङगर ओउस्मान डेम्बेलेले एन्जेल डिमारियालाई बक्स भित्र फाउल गरेपछि अर्जेन्टिनाले पेनाल्टि पाएको थियो । उक्त पेनाल्टिको सदुपयोग गर्दै अर्जेन्टिनाका कप्तानले सुन्दर गोल गरे ।

खेलको ३६ मिनेटमा एन्जेल डिमारियाले गोल गर्दै अर्जेन्टिनालाई दोब्बर गोल अग्रता दिलाएका छन् । निकै नै रोमाञ्चक बनेको पहिलो हाफमा अर्जेन्टिनी स्टार एन्जेल डिमारिया चम्किएका छन् ।

अबको केही बेरमा दोश्रो हाफको खेल सुरु हुनेछ । कसले विश्वकपको ट्रफी उचाल्ने हो त्यो भने अझै हेर्न बाकी छ ।

सन् १९७८ मा पहिलो पटक विश्व विजेता बनेको अर्जेन्टिना त्यसपछि १९८६ मा दोस्रो पटक उपाधि जित्न सफल भएको थियो । सन् १९९० र २०१४ को संस्करणमा फाइनल पुगे पनि उपविजेता मै सीमित बनेको थियो ।

सन् १९९८ मा पहिलो पटक फाइनल पुग्नेक्रममै विश्व विजेता बनेको फ्रान्स २००६ को संस्करणमा पनि उपाधि नजिक पुगेको थियो तर फाइनलमा इटालीसँग टाइब्रेकरमा पराजित भएको थियो । फ्रान्स चौथो पटक विश्वकप फाइनलमा भिड्न लागेको हो । अर्जेन्टिनालाई पराजित गर्न सकेको अवस्थामा फ्रान्स विश्वकपको उपाधि रक्षा गर्ने ६० वर्षयताको पहिलो टोली बन्ने छ ।

अर्जेन्टिना र फ्रान्स अन्तिम पटक सन् २०१८ को विश्वकप प्रिक्वाटरफाइनलमा भिडेका थिए। त्यस खेलमा फ्रान्स ४–३ गोलले विजयी भएको थियो। एमबाप्पेले त्यस खेलमा २ गोल गरेका थिए भने मेस्सी गोलविहीन रहेका थिए। फ्रान्ससँग हालसम्म भएका १२ भिडन्तमा अर्जेन्टिनाले ६ जित, तीन बराबरी र तीन हारको नतिजा निकालेको छ ।


खुशी मिडिया प्रा.ली. द्धारा सञ्चालित KTMKHABAR लाई नेपाली र अंग्रेजी संस्करणबाट पढ्न, हेर्न र सुन्न सक्नुहुनेछ । एप्सबाट सिधा समाचार पढ्न एन्ड्रोइडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् । फेसबुक, युटुब र ट्वीटरमा पनि हामिसंग जोडिन सक्नुहुनेछ ।


प्रतिक्रिया
सम्बन्धित समाचार

यो साता चर्चामा