मंगलबार, माघ २४ २०७९
ताजा अपडेट

होम टिम अर्जेन्टिना र अवे टिम फ्रान्सले यस्तो ड्रेसमा खेल्दै छन् फाइनल खेल !


  • KTM Khabar
  • आइतबार, पुष ३ २०७९
1.1K
SHARES

फाइल तस्विर

एजेन्सी । कतारमा जारी २२ औँ विश्वकप फुटबलको उपाधि भिडन्त आज हुँदैछ । आज राति साबिक विजेता फ्रान्स र दुई पटकको विजेता अर्जेन्टिना भिड्दै छन् ।

नेपाली समयअनुसार आजको खेल ८ः४५ बजेबाट सुरु हुनेछ । खेलमा जसले जिते पनि तेस्रो पटक विश्व च्याम्पियन बन्नेछन् ।

अर्जेन्टिनाले ३६ वर्षयता यो प्रतियोगिता जित्न सकेको छैन । यसबीचमा २ पटक फाइनल पुगेर पराजित भएको थियो ।

सन् १९७८ मा पहिलो पटक विश्व विजेता बनेको अर्जेन्टिना त्यसपछि १९८६ मा दोस्रो पटक उपाधि जित्न सफल भएको थियो । सन् १९९० र २०१४ को संस्करणमा फाइनल पुगे पनि उपविजेता मै सीमित बन्यो । अर्जेन्टिना समग्रमा छैटौँ पटक विश्वकपको फाइनल आज खेल्दैछ ।

अर्जेन्टिना क्रोएसियालाई ३–० ले हराएर फाइनलमा पुग्ने पहिलो टोली बनेको छ । एम्बाप्पेको फ्रान्स मोरक्कोलाई २–० ले हराएर दोस्रो बनेको छ । यससँगै अर्जेन्टिना पहिले विश्वकपमा पुगेर होम टिम र फ्रान्स अवे टिम बनेका छन् ।

धेरै फुटबल फ्यानहरुको चाँसो बनेको आजको खेलमा यी दुई टिमले कुन ड्रेसमा खेल्दैछन् । दुबै टोलीले आफ्नो घरेलु किट लगाउनेछन् । अर्जेन्टिनाले नीलो र सेतो पाटेदार जर्सी, नेभी नीलो हाफ प्यान्ट र सेतो मोजा लगाउनेछ। फ्रान्सले नेभी नीलो जर्सी, सेतो हाफ प्यान्ट र रातो मोजा लगाउने छ।

यी किटहरू यसकारण छनौट गरिएको हो किनभने अर्जेन्टिना छनोट हुने पहिलो टोली थियो । अर्जेन्टिना ड्रको बायाँ तर्फ र फ्रान्स दायाँ तर्फ थियो ।

आजको फाइलन खेलमा धेरैको ध्यान लियोनल मेस्सी र केलियन एमबाप्पेमाथि हुने छ । ७ पटकका फिफा वर्ष खेलाडी मेस्सीका लागि विश्व च्याम्पियन बन्ने यो अन्तिम अवसर हो । उनले यो आफ्नो अन्तिम विश्वकप भएको बताइसकेका छन्। मेस्सीकै कप्तानीमा अर्जेन्टिना सन् २०१४ को विश्वकपमा फाइनलसम्म पुगे पनि उपाधि भिडन्तमा पराजित भएको थियो।

अर्जेन्टिना र फ्रान्स अन्तिम पटक सन् २०१८ को विश्वकप प्रिक्वाटरफाइनलमा भिडेका थिए। त्यस खेलमा फ्रान्स ४–३ गोलले विजयी भएको थियो। एमबाप्पेले त्यस खेलमा २ गोल गरेका थिए भने मेस्सी गोलविहीन रहेका थिए। फ्रान्ससँग हालसम्म भएका १२ भिडन्तमा अर्जेन्टिनाले ६ जित, तीन बराबरी र तीन हारको नतिजा निकालेको छ।

सन् १९३० र १९७८ मा आयोजित विश्वकपमा पनि यी दुई टोली भिडेका थिए। ती दुवै खेलमा अर्जेन्टिना विजयी भएको थियो।


खुशी मिडिया प्रा.ली. द्धारा सञ्चालित KTMKHABAR लाई नेपाली र अंग्रेजी संस्करणबाट पढ्न, हेर्न र सुन्न सक्नुहुनेछ । एप्सबाट सिधा समाचार पढ्न एन्ड्रोइडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् । फेसबुक, युटुब र ट्वीटरमा पनि हामिसंग जोडिन सक्नुहुनेछ ।


प्रतिक्रिया
सम्बन्धित समाचार

यो साता चर्चामा