मंगलबार, माघ २४ २०७९
ताजा अपडेट

कसले जित्ला गोल्डेन ग्लोभ्स, यी गोलकिपर बने दाबेदार !


  • KTM Khabar
  • आइतबार, पुष ३ २०७९
1.5K
SHARES

एजेन्सी । फिफा विश्वकपमा उत्कृष्ट प्रदर्शन गर्ने गोलकिपरलाई गोल्डेन ग्लोभ्स प्रदान गर्ने गरिन्छ । यस अघिको विश्वका उत्कृष्ट गोलकिपरहरुले यो अवार्ड जितिसकेका छन् ।

जर्मनीका ओलिभकर कहान, स्पेनका इकर कासिलास, इटलीका जियानलुजी बफोन, जर्मनीका मानुएल नोएर लगायतले यो अवार्ड जितेका छन् ।

सन् १९९४ को विश्वकपदेखि उत्कृष्ट गोलकिपरलाई गोल्डेन ग्लोभ्स अवार्ड प्रदान गर्न थालिएको हो । शोभियत रुसका पूर्व गोलकिपर लेभ यासिनको सम्मानमा १९९४ देखि २००६ सम्म यो अवार्ड दिइएको थियो भने त्यसपछि एडिडास गोल्डेन ग्लोभ्स नाम राखिएको हो ।

फिफाको प्राविधि समूह वा प्राविधिक कमिटीले उत्कृष्ट गोलकिपरको छनोट गर्नेछन् । गोलकिपरको प्रदर्श, सेभ, पेनाल्टीसुटआउट लगायत क्षेत्रलाई हेरेर उत्कृष्ट छनोट गरिन्छ ।

जारी विश्वकपमा गोलकिपरहरुले सुरुदेखि नै उत्कृष्ट प्रदर्शन गरेका थिए । सेमिफाइनलसम्म पुगेका चार गोलकिपर उत्कृष्ट बन्ने लयमा देखिएका छन् ।

अर्जेन्टिनाका एमिलियानो मार्टिनेज, फ्रान्सका ह्युगो लोरिस, क्रोएसियाका डोमिनिक लिभाकोभिच र मोरक्कोका यासिन बोनोले आफ्नो टिमलाई सेमिफाइनल पु¥याउने क्रममा उत्कृष्ट प्रदर्शन गरे ।

यी चारै गोलकिपरमा को उत्कृष्ट बन्ला भन्ने चासो बढेको छ ।

क्रोएसियाका लिभाकोभिचले नकआउट चरणमा दुई पेनाल्टीसुटआउटमा क्रोएसियालाई जिताउन उत्कृष्ट प्रदर्शन गरे । उनले जापानविरुद्ध तीन र ब्राजिलविरुद्ध एक पेनाल्टी बचाएका थिए ।

यस्तै बोनो र मराटिनेजले पनि एक पेनाल्टीसुटआउटमा उत्कृष्ट प्रदर्शन गरेका थिए । दुवैले दुई–दुई पेनाल्टी रोकेका थिए ।

फ्रान्सका ह्युगो लोरिसले भने खेलका दौरान पनि केही राम्रा बचाउ गर्दै आएका छन् । उनी फ्रान्सका कप्तानसमेत हुन् । अर्जेन्टिना र फ्रान्स आइतबार उपाधिका लागि खेल्दैछन् ।

पछिल्लो पटक २०१८ मा बेल्जियमका थिबाउट कोर्तवाले गोल्डेन ग्लोभ्स अवार्ड जितेका थिए ।


खुशी मिडिया प्रा.ली. द्धारा सञ्चालित KTMKHABAR लाई नेपाली र अंग्रेजी संस्करणबाट पढ्न, हेर्न र सुन्न सक्नुहुनेछ । एप्सबाट सिधा समाचार पढ्न एन्ड्रोइडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् । फेसबुक, युटुब र ट्वीटरमा पनि हामिसंग जोडिन सक्नुहुनेछ ।


प्रतिक्रिया
सम्बन्धित समाचार

यो साता चर्चामा