मंगलबार, माघ २४ २०७९
ताजा अपडेट

पहिलो हाफको खेल सकियो, क्रोएसियाले मोरक्कोलाई दियो झड्का !


  • KTM Khabar
  • शनिबार, पुष २ २०७९
1.3K
SHARES

एजेन्सी । फिफा विश्वकप कतार २०२२ अन्तर्गत अहिल तेश्रो स्थानको खेल भइरहेको छ । क्रोएसिया र मोरक्को आफ्नो तेश्रो स्थानका लागि मैदानमा छन् । नेपाली समय अनुसार ८ः४५ बजेबाट खेल सुरु भएको हो ।

अहिले खेलको पहिलो हाफको खेल सकिएको छ । हालसम्मको खेलमा क्रोएसियाले २ गोल गर्न सफल भएको छ । भने मोरक्कोले १ गोल गरेको छ ।

क्रोएसियाका लागि जिभार्डिउलले खेलको ७औँ मिनेटमा गोल गरे ।यस्तै, मोरक्कोका लागि दारीले ९औँ मिनेटमा गोल गर्दै खेललाई बराबारी बनाए । त्यसपछि खेलको ४२औँ मिनेटमा क्रोएसियाका लागि ओर्सिकले गोल गरे । १ गोलले पछि परेको मोरक्कोलाई अब खेलमा फर्कन दबाब थपिएको छ ।

देश्रो हाफको खेल केही केही मिनेटमै सुरु हुँदैछ । अन्तिमसम्म कसको पक्षमा नतिजा बन्ने हो त्यो भने हेर्न बाकी छ ।

साबिकको उपविजेता क्रोएसिया सेमिफाइनलमा अर्जेन्टिनासँग ३–० ले तथा मोरक्को साबिक विजेता फ्रान्ससँग २–० ले पराजित हुँदै फाइनल पुग्नबाट चुकेको थियो ।

कतारको खलिफा अन्तर्राष्ट्रिय रङ्गशालामा खेल भइरहेको छ । यस्तै, क्रोएसिया सन् १९९८ को विश्वकपमा पनि तेस्रो भएको थियो । सो बेला क्रोएसियाले नेदरल्यान्ड्सलाई २–१ ले हराएको थियो ।

क्रोएसिया र मोरक्को हालसम्म दुई पटक भिडेका छन् । दुवै खेल बराबरीमा सकिएको छ । सन् १९९६ मा भएको हसन दोस्रो ट्रफी सेमिफाइनलमा क्रोएसियाले टाइब्रेकरमा जित निकालेको थियो ।

पछिल्लो भेट यसै विश्वकपको समूह चरणमा थियो । जुन खेल गोलरहित बराबरीमा सकिएको थियो ।


खुशी मिडिया प्रा.ली. द्धारा सञ्चालित KTMKHABAR लाई नेपाली र अंग्रेजी संस्करणबाट पढ्न, हेर्न र सुन्न सक्नुहुनेछ । एप्सबाट सिधा समाचार पढ्न एन्ड्रोइडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् । फेसबुक, युटुब र ट्वीटरमा पनि हामिसंग जोडिन सक्नुहुनेछ ।


प्रतिक्रिया
सम्बन्धित समाचार

यो साता चर्चामा