मंगलबार, माघ २४ २०७९
ताजा अपडेट

विश्वकप जित्ने टिम बारे बाहिरियो यस्तो खबर, खिच्यो सिंगो फुटबल जगतको ध्यान !


  • KTM Khabar
  • शनिबार, पुष २ २०७९
11.6K
SHARES

एजेन्सी । २२औँ संस्करणको फिफा विश्वकप फुटबलको फाइलन खेल आइतबार बेलुका हुँदैछ । उपाधि भिडन्तका लागि साविक विजेता फ्रान्स र अर्जेन्टिना भिड्दै छन् । खेल नेपाली समय अनुसार ८ः४५ बजेबाट सुरु हुनेछ ।

यी दुवै टिमले २÷२ पटक विश्वकपको उपाधि जित्न सफल भएका छन् । भोलि हुने फाइनल खेलमा दुवै राष्ट्र एक अर्कालाई हराएर तेस्रोपटक विश्वक च्याम्पियन बन्ने होडमा छन् ।

फाइनल खेलको मुखमा उपाधि जित्ने टिमको बारे नयाँ खुलासा भएको छ । यसले सारा फुटबल फ्यानहरुको ध्यान खिचेको छ । विश्वकपको फाइनल खेल हुनुभन्दा २ दिनअघि एक अनलाइन सर्वे नतिजा आएसंगै विश्वकप जित्ने टिमको खुलासा भएको हो ।

फाइनल पुगेका फ्रान्स र अर्जेन्टिना मध्ये उपाधि जित्ने सम्भावना कसको धेरै रहेको छ ? भनेर अनुमान सर्वेक्षण गरिएको थियो । विश्वभरबाट १ लाख ७ हजारभन्दा बढी मानिसहरुको सहभागीतामा अनलाइन सर्वेक्षण गरिएको थियो । उक्त सर्वेक्षणको नतिजा अनुसार लियोनल मेस्सीको टिम अर्जेन्टिनाको उपाधि जित्ने सम्भावनामा बढिले मत जाहेर गरेका छन् ।

सर्वेमा सहभागी १ लाख ७ हजार मानिस मध्ये ५३ प्रतिशतले अर्जेन्टिनाले फ्रान्सलाई हराएर उपाधि जित्नेमा मत दिएका हुन् ।

यस्तै, साविक विजेता फ्रान्सले यसपटक पनि उपाधि जित्छ भन्नेमा ४७ प्रतिशतले मत दिएका छन् । मात्रै ३ प्रतिशत बढी मानिसले फ्रान्सभन्दा अर्जेन्टिनालाई उपाधिका लागि बलियो दाबेदार मानेका छन् ।

सन् २०१८ को फिफा विश्वकपका उनीहरू अन्तिम १६ भिडेका थिए भने यसपटक फाइनलमा भिड्दैछन् । रसिया विश्वकपका अर्जेन्टिनालाई फ्रान्सले ४–३ ले पराजित गरेको थियो ।

आइतबार हुने फाइनल खेलमा अर्जेन्टिना ४ वर्षअघि भोगेको हारको बदला फाइनलमा लिन चाहन्छ । यस्तै, अर्जेन्टिनालाई हराएर फ्रान्स लगातार दोस्रोपटक विश्वकप जित्ने दाउमा हुनेछ ।


खुशी मिडिया प्रा.ली. द्धारा सञ्चालित KTMKHABAR लाई नेपाली र अंग्रेजी संस्करणबाट पढ्न, हेर्न र सुन्न सक्नुहुनेछ । एप्सबाट सिधा समाचार पढ्न एन्ड्रोइडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् । फेसबुक, युटुब र ट्वीटरमा पनि हामिसंग जोडिन सक्नुहुनेछ ।


प्रतिक्रिया
सम्बन्धित समाचार

यो साता चर्चामा