मंगलबार, माघ २४ २०७९
ताजा अपडेट

विश्वकपमा आज अर्को ठुलो खेल हुँदै, मोरक्कोलाई रोक्न लुका मोड्रिच उत्रँदै छन् मैदान !


  • KTM Khabar
  • शनिबार, पुष २ २०७९
1.1K
SHARES

फाइल तस्विर

एजेन्सी । कतारमा जारी फिफा विश्वकप २०२२ को तेस्रो स्थानका स्थानका लागि आज खेल हुँदै छ । नेपाली समय अनुसार आज राति पौने ९ बजेबाट सुरु हुनेछ । भने, आफ्नो तेस्रो स्थान पक्का गर्नका लागि सेमिफाइनलमा पराजित दुई टिम क्रोएसिया र मोरक्कोले प्रतिस्पर्धा गदै छन् ।

कतारको खलिफा अन्तर्राष्ट्रिय रङ्गशालामा हुने आजको खेलबाट अघिल्लो पटकको उपविजेता क्रोएसिया यसपालि तेस्रो बन्दै घर फर्कन चाहन्छ । तर, त्यसको लागि क्रोएसियाले यस विश्वकपमा सनसनीपूर्ण प्रदर्शन गर्दै इतिहास बनाइसकेको अफ्रिकी राष्ट्र मोरक्कोको चुनौती पन्छाउनु पर्ने हुन्छ ।

साबिकको उपविजेता क्रोएसिया सेमिफाइनलमा अर्जेन्टिनासँग ३–० ले तथा मोरक्को साबिक विजेता फ्रान्ससँग २–० ले पराजित हुँदै फाइनल पुग्नबाट चुकेको थियो ।

क्रोएसियाका लुका मोड्रिच आफ्नो टोलीलाई तेस्रो बनाएर विश्वकपबाट बिदा लिन चाहन्छ । क्रोएसिया सन् १९९८ को विश्वकपमा पनि तेस्रो भएको थियो । सो बेला क्रोएसियाले नेदरल्यान्ड्सलाई २–१ ले हराएको थियो ।

यस्तै, मोरक्को पनि क्रोएसियालाई हराएर विश्वकपमा ऐतिहासिक तेस्रो पदक लिएर घर फर्कन चाहन्छ । मोरक्को तेस्रो नभए पनि इतिहास बनाइसकेको यो टोलीलाई ऐतिहासिक स्वागत हुने पक्का छ ।

राम्रो प्रदर्शन गरेको मोरक्कोले समूह चरणको खेलमा क्यानडाविरुद्ध आफ्नै गल्तीले खाएको आत्मघाती गोलबाहेक सेमिफाइनलमा २ गोल खान पुग्यो । मोरक्कोले अफ्रिकाबाट सेमिफाइनल खेल्ने पहिलो टोलीको इतिहास बनाइसकेको छ । शनिवार क्रोएसियालाई हराउन सके मोरक्को विश्वकपमा तेस्रो हुने पहिलो अफ्रिकी राष्ट्र बन्नेछ । यसअघि अफ्रिकी टोली क्वाटरफाइनलभन्दा अघि बढ्न सकेको थियो ।

क्यामरुन (१९९०), सेनेगल (२००२) र घाना (२०१०) ले क्वाटरफाइनलसम्मको यात्रा मात्र तय गर्न सकेका थिए । मोरक्को त्यो भन्दा एक खुड्किलो माथि पुगेको हो । तेस्रो भए थप अर्को खुड्किलो माथि जानेछ । मोरक्को सन् १९८६ मा मेक्सिकोमा भएको विश्वकप फुटबलमा अन्तिम १६ सम्म पुगेको थियो ।

मोरक्को विश्वकपको नकआउट चरणमा पुग्न सकेको थिएन । सन् १९९४, १९९८ र २०१८ को विश्वकपमा मोरक्को समूह चरणबाटै बाहिरिएको थियो । तर, यस पटक मोरक्कोले बेल्जियम, क्यानडा, स्पेन र पोर्चुगलको चुनौती पन्छाउँदै सेमिफाइनलको यात्रा तय गरेर इतिहास रच्न सफल भइसकेको छ ।

क्रोएसिया र मोरक्को हालसम्म दुई पटक भिडेका छन् । दुवै खेल बराबरीमा सकिएको छ । सन् १९९६ मा भएको हसन दोस्रो ट्रफी सेमिफाइनलमा क्रोएसियाले टाइब्रेकरमा जित निकालेको थियो ।

पछिल्लो भेट यसै विश्वकपको समूह चरणमा थियो । जुन खेल गोलरहित बराबरीमा सकिएको थियो ।


खुशी मिडिया प्रा.ली. द्धारा सञ्चालित KTMKHABAR लाई नेपाली र अंग्रेजी संस्करणबाट पढ्न, हेर्न र सुन्न सक्नुहुनेछ । एप्सबाट सिधा समाचार पढ्न एन्ड्रोइडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् । फेसबुक, युटुब र ट्वीटरमा पनि हामिसंग जोडिन सक्नुहुनेछ ।


प्रतिक्रिया
सम्बन्धित समाचार

यो साता चर्चामा