काठमाडौँ । पोर्चुगल फुटबल टिमका कप्तान क्रिष्टियानो रोनाल्डोका कारण आलोचित बनेका प्रशिक्षक फर्नान्डो सान्तोलाई ‘एफपीएफ’ ले पोर्चुगिज राष्ट्रिय टिमको मुख्य प्रशिक्षकबाट बर्खास्त गरेको छ । मोरक्कोसंगको क्वाटरफाइनल खेलमा रोनाल्डोलाई पहिलो हाफमा नखेलाएको भन्दै प्रशिक्षक सान्तोसमाथि समर्थकहरूले कडा आलोचना गरेका थिए ।
कतारमा जारी विश्वकपको क्वार्टरफाइनलमा अफ्रिकी मुलुक मोरक्कोसँग १–० को नतिजामा पराजित हुँदै पोर्चुगल विश्वकपबाट बाहिरिएको थियो । उक्त खेलबाट विश्वकपको क्वार्टरफाइनलबाट बाहिरिएसँगै पोर्चुगिज राष्ट्रिय टिमका मुख्य प्रशिक्षक फर्नान्डो सान्तोस बर्खास्त भएका हुन् ।
आठ वर्षअघि पोर्चुगलको प्रशिक्षक नियुक्त भएका थिए। सान्तोसले पोर्चुगललाई सन् २०१६ मा पहिलो पटक युरोपियन च्याम्पियनसिपको उपाधि जिताएका थिए। त्यस्तै, सन् २०१८–१९ मा नेसन्स लिगको पहिलो संस्करणको च्याम्पियन पनि बनाएका थिए।
पोर्चुगिज फुटबल संघ (एफपीएफ)ले ‘नयाँ साइकल सुरु गर्ने उपयुक्त समय’ बताएको छ। सन् २०२४ को युरोपियन च्याम्पियनसिपसम्म सम्झौता बाँकी रहे पनि सान्तोसले आपसी समझदारीमा पद छाडेको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमले बताएका छन्।
‘सान्तोस जस्ता प्रशिक्षकले राष्ट्रिय टिमको नेतृत्व गर्नु सौभाग्य भएको’ बताउँदै एफपीएफले सान्तोस उनको टिमलाई धन्यवादसमेत दिएको छ।
खुशी मिडिया प्रा.ली. द्धारा सञ्चालित KTMKHABAR लाई नेपाली र अंग्रेजी संस्करणबाट पढ्न, हेर्न र सुन्न सक्नुहुनेछ । एप्सबाट सिधा समाचार पढ्न एन्ड्रोइडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् । फेसबुक, युटुब र ट्वीटरमा पनि हामिसंग जोडिन सक्नुहुनेछ ।