शुक्रबार, भाद्र १९ २०८३
ताजा अपडेट

विश्वकपबाट बाहिरिएपछि घर नफर्किएका रोनाल्डो यस्तो अवस्थामा भेटिए !


  • बिहिबार, मंसिर २९ २०७९
11.4K
SHARES

फाइल तस्विर

एजेन्सी । विश्वकपबाट बाहिरिएपछि पोर्चुगलका स्टार फरवार्ड क्रिष्टियानो रोनाल्डो आफ्नो देश नफर्किई पूर्व क्लब रियल मड्रिड पुगेका छन् । क्लब विहीन रहेका रोनाल्डो स्पेनिस क्लब रियल म्याड्रिड प्रशिक्षणका पुगेको स्पेनिस सञ्चार माध्यमले जनाएका छन् ।

रोनाल्डो क्लबविहीन भएसँगै स्पेनिस क्लब रियल म्याड्रिड पुगेर प्रशिक्षणलाई निरन्तरता दिएको बुझिएको छ । विश्वकप सुरु हुनुअघि म्यानचेस्टर युनाइटेड छाडेका उनी अहिले फ्री एजेन्ट रहेका छन् ।

पोर्चुगल फिफा विश्वकप कतार २०२२ को क्वाटरफाइनलबाट बाहिरिएसँगै रोनाल्डोले आफ्नो परिवारसंग कतार छाडेका थिए । अब सिजनको सुचारु हुने पर्खाइमा रहँदा उनी आफ्नो फिटनेसका लागि रियल म्याड्रिडको प्रशिक्षण स्थलमा रहेका छन् । रोनाल्डो रियलको प्रशिक्षण स्थल भाल्देबेबासमा एक्लै प्रशिक्षण गरिरहेको जनाइएको छ ।

रियल म्याड्रिडसँग राम्रो सम्बन्ध रहेका रोनाल्डोले अध्यक्ष फ्लोरेन्टिनो पेरेजसँग व्यक्तिगत छलफल गरेर नै प्रशिक्षणको लागि स्वीकृति लिएका थिए । क्लबले रोनाल्डोको अनुरोधलाई सहर्ष स्वीकार गरेको बुझिएको छ ।

३७ वर्षीय फरवार्ड रोनाल्डोलाई रियल म्याड्रिडले अनुबन्धन गर्ने सम्भावना न्यून छ ।

रोनाल्डोलाई साउदी क्लब अल नासरले मोटो रकमको प्रस्ताव गरेको चर्चा आए पनि रोनाल्डो आफैँले त्यसलाई नकारिसकेका छन् ।

अब क्लब फुटबल चलायमान बनेसँगै रोनाल्डो नयाँ गन्तव्यतर्फ लाग्नेछन् । हाललाई भने उनी रियलको प्रशिक्षण स्थलमा बेग्लै आफ्नो व्यक्तिगत तयारी गर्नेछन् ।


खुशी मिडिया प्रा.ली. द्धारा सञ्चालित KTMKHABAR लाई नेपाली र अंग्रेजी संस्करणबाट पढ्न, हेर्न र सुन्न सक्नुहुनेछ । एप्सबाट सिधा समाचार पढ्न एन्ड्रोइडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् । फेसबुक, युटुब र ट्वीटरमा पनि हामिसंग जोडिन सक्नुहुनेछ ।


प्रतिक्रिया
सम्बन्धित समाचार

यो साता चर्चामा