मंगलबार, माघ २४ २०७९
ताजा अपडेट

कमालको गोल गर्दै फ्रान्सले पहिलो हाफमा लियो अग्रता, मोरक्कोलाई लाग्यो झड्का !


  • KTM Khabar
  • बिहिबार, मंसिर २९ २०७९
836
SHARES

एजेन्सी । फिफा विश्वकप कतार २०२२ अन्तर्गत दोस्रो सेमिफाइनलमा फ्रान्सले मोरक्कोविरुद्ध पहिलो हाफमा कमालको गोल गर्दै अग्रता लिएको छ । खेलको ४औँ मिनेटमा थिओ हर्नान्डेजले गोल गर्न सफल भएका थिए । सोही गोलबाट फ्रान्सले पहिलो हाफमा १ गोलको अग्रता लिएको छ ।

अहिले पहिलो हाफको खेल सकिएको छ । १ गोलले पछि परेको मोरक्कोका लागि जित निकाल्न थप दबाव थपिएको छ । अबको केही बेरमै दोश्रो हाफको खेल सुरु हुनेछ ।

खेलको सुरुवाती समयमा नै फ्रान्सले अग्रता लियो । मोरक्कोले खेलअघि मुख्य डिफेन्डर नाएफ अगुएर्डको साथ गुमाएको थियो भने २० मिनेट नबित्दै कप्तान रोमन साइसको साथ पनि निरन्तर पाउन सकेन । दुवै डिफेन्डर चोटका कारण बाहिरिनु परेको छ ।

खेलको चौथो मिनेटमा हर्नान्डेजले फ्रान्सलाई अग्रता दिलाए । उनले पेनाल्टी क्षेत्रभित्र रिबाउन्डबाट आएको बललाई सुन्दर गोलमा परिणत गरे । गोलरक्षक यासिन बोनोसँग वन भर्सेस वनको स्थितिमा रहँदा उनले भलीमा गोल गरेका थिए ।

पहिलो हाफको अन्तिम मिनेटमा मोरक्कोलाई खेल बराबरी गर्न पोस्टले छेक्यो । एल यामिकको एक्रोब्याटिक प्रहारमा गोलरक्षक लोरिस बिट भएपनि उक्त प्रहार पोस्टमा लागेर फर्केको थियो ।

यस खेलको विजेताले फाइनलमा अर्जेन्टिनाको सामना गर्नेछ । विश्वकपको फाइनल आइतबार हुनेछ ।


खुशी मिडिया प्रा.ली. द्धारा सञ्चालित KTMKHABAR लाई नेपाली र अंग्रेजी संस्करणबाट पढ्न, हेर्न र सुन्न सक्नुहुनेछ । एप्सबाट सिधा समाचार पढ्न एन्ड्रोइडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् । फेसबुक, युटुब र ट्वीटरमा पनि हामिसंग जोडिन सक्नुहुनेछ ।


प्रतिक्रिया
सम्बन्धित समाचार

यो साता चर्चामा