शुक्रबार, भाद्र १९ २०८३
ताजा अपडेट

खेलको ४ मिनेटमै फ्रान्सले गर्यो कमालको गोल, मोरक्कोको बढ्यो प्रेसर !


  • बिहिबार, मंसिर २९ २०७९
8.1K
SHARES

काठमाडौँ । फिफा विश्वकप कतार २०२२ अन्तर्गतको सेमिफाइनलको खेल भइरहेको छ । अहिले पहिलो हाफको खेल भइरहेको छ । खेल नेपाली समय अनुसार १२ः४५ बजेबाट सुरु भएको हो ।

फाइनलमा आफ्नो स्थान पक्का बनाउन साबिक विजेत फ्रान्स र मोरक्कोले कडा भिडन्त गरिरहेका छन् । खेल निकै नै रोचक मोडमा पुगेको छ ।

पहिलो हाफको खेलमा फ्रान्स आक्रमक शैलीमा देखिएको छ । सोही कुराको सदुपयोग गर्दै फ्रान्सले खेलको ४औँ मिनेटमा गोल गर्न सफल भएको छ । यो गोलसंगै मोरक्कोलाई जित निकाल्न अब थप दबाव थपिएको छ । फ्रान्सका लागि हेर्नान्डेजले ४औँ मिनेटमा गोल गर्न सफल भएका हुन् । पहिलो हाफको खेल अहिले चलिरहेको छ । यो खेल कसले जित्न सफल हुन्छ त्यो भने हेर्न बाकी छ ।

मोरक्को त्यही टोली हो, जसलाई यस विश्वकपमा कुनै पनि टोलीले गोल गर्न सकेको थिएन । मोरक्कोले यस विश्वकपमा ५ गोल गर्दा एक गोल खाएको थियो । त्यो एक गोल पनि क्यानडासँग आत्मघाती गोल हो ।

फ्रान्स र मोरक्को यि दुई टोली हालसम्म ११ पटक भिडेका थिए । ठुलो प्रतियोगितामा भने यो पहिलो भेट हो । ११ भेटमा फ्रान्सले ७ खेल जितेको छ । एक खेल मोरक्कोले जित्दा तीन खेल बराबरीमा सकिएको छ । आजको खेल कसले जित्ने हो त्यो भने अन्तिमसम्म हेर्नुपर्नेछ ।


खुशी मिडिया प्रा.ली. द्धारा सञ्चालित KTMKHABAR लाई नेपाली र अंग्रेजी संस्करणबाट पढ्न, हेर्न र सुन्न सक्नुहुनेछ । एप्सबाट सिधा समाचार पढ्न एन्ड्रोइडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् । फेसबुक, युटुब र ट्वीटरमा पनि हामिसंग जोडिन सक्नुहुनेछ ।


प्रतिक्रिया
सम्बन्धित समाचार

यो साता चर्चामा