एजेन्सी । क्रोएसियामाथि सहज जित निकाल्दै अर्जेन्टिना विश्वकप फुटबलको फाइलनमा पुगेपछि कप्तान लिओनल मेस्सीले विश्वकप फुटबलको बाकी करियर बारे विशेष खुलासा गरेका छन् । यस पटकको विश्वकपमा उच्च लयमा देखिएका कप्तान मेस्सीले गरेको यस्तो खुलासाले फुटबल जगतको ध्यान तानिएको छ ।
फिफा विश्वकप कतार २०२२ अन्तर्गत हिजो भएको सेमिफाइलन खेलमा अर्जेन्टिनाले क्रोएसियामाथि ३–० गोलको सहज जित निकालेको थियो । जसमा मेस्सीले पेनाल्टी मार्फत १ गोल गरेका थिए । भने १ गोल सानदार असिस्ट निकालेका थिए । उक्त खेल जित्दै अर्जेन्टिना यस पटकको विश्वकपको फाइनल पुग्ने पहिलो टिम बनेको छ ।
कप्तान मेस्सीले अर्जेन्टिना फाइनल पुगेपछि आफ्ना लागि यो अन्तिम विश्वकप हुने खुलासा गरेका हुन् ।
मंगलबार क्रोएसियालाई हराएर फाइनलमा पुगेसँगै मेस्सीले बिबिसिसंगको कुराकानीमा आफ्ना लागि यो अन्तिम विश्वकप भएको बताएका हुन् । कतारमा चलिरहेको विश्व कपमा मेस्सीले पाँच गोल गरिसकेका छन् । उनले आफ्नो देश फाइनलमा पुग्दा निकै खुसी लागेको र यो नै आफ्नो अन्तिम विश्वकप हुने बताए ।
पाँचौँ पटक विश्व कप खेलिरहेका मेस्सीले एक पटक पनि विश्व कपको उपाधि दिलाउन सकेका छैनन् ।
मेस्सीले अर्जेन्टिनाबाट विश्व कपमा सबैभन्दा धेरै ११ गोल गरेका छन् भने आउँदो फाइनलमा उनले विश्व कपमा आफ्नो २६ औँ खेल खेल्दैछन् । अहिलेसम्म विश्व कपमा २६ औँ खेल खेल्ने मेस्सी एक्ला खेलाडी बन्नेछन् ।
मेस्सीले अहिलेसम्म सात पटक बालेन डी ओर र एक पटक फिफा सर्वश्रेष्ठ खेलाडीको उपाधि जितेका छन् ।
सन् २०१६ मै अन्तर्राष्ट्रिय फुटबलबाट सन्यास लिएका मेस्सीले त्यहाँका राष्ट्रपतिको आग्रहमा सन्यास फिर्ता लिएर पुनः खेलिरहेका छन् । सन् २००५ मा अन्तर्राष्ट्रिय फुटबलमा डेब्यु गरेको मेस्सीले एक सय ७२ खेलमा ९७ गोल गरेका छन् ।