मंगलबार, माघ २४ २०७९
ताजा अपडेट

मेस्सीले बल्ल भेट्टाए एमबाप्पेलाई, हुने भयो झनै ठुलो टक्कर !


  • KTM Khabar
  • बुधबार, मंसिर २८ २०७९
1.2K
SHARES

फाइल तस्विर

एजेन्सी । फिफा विश्वकप कतार २०२२ मा गोल्डेन बुटको दौडमा कडा टक्कर भएको छ । एक खेल कम खेलेका फ्रान्सका फरवार्ड एमबाप्पेलाई अर्जेन्टिना कप्तार लिओनल मेस्सीले भेट्टाएका छन् ।

बराबरी गोल संख्या बनाएपछि फ्रान्सका युवा स्टार केलियन एमबाप्पे र अर्जेन्टिनाका लियोनल मेस्सीबीच कडा प्रतिस्पर्धा देखिएको छ । यी दुवै खेलाडीले समान ५÷५ गोलका साथ गोल्डेन बुट दौडमा सबैभन्दा अघि रहेका छन् ।

हिजो राति पहिलो सेमिफाइनल खेलमा अर्जेन्टिनाले क्रोएसियालाई ३–० ले पराजित गर्दै मेस्सीले पेनाल्टीमार्फत् १ गोल गरेपछि उनले फ्रान्सका एमबाप्पेको गोल संख्यासँग बराबरी गरेका हुन् ।

यस्तै, फ्रान्सका स्टार फरवार्ड एमबाप्पेले एक खेल कम खेलेका छन् । मेस्सीले सेमिफाइनल खेल खेलिसक्दा उनले आज सेमिफाइनल खेल खेल्दैछन् । अहिले ६ खेल खेलेका मेस्सीका नाममा ५ गोल र ५ खेल खेलेका एमबाप्पेका नाममा ५ गोल छ ।

आज राति दोस्रो सेमिफाइनल खेलमा फ्रान्स र मोरक्को भिड्दा सो खेलमा १ गोल मात्र गरे भने पनि एमबाप्पेले मेस्सीलाई पछि पार्ने छन् । यस बारे सबैको ध्यान बढेको छ ।

अर्जेन्टिनाका कप्तान मेस्सीले गरेका गोल मध्ये ३ गोल पेनाल्टीबाट गरेका हुन् । यसरी हेर्दा मेस्सीले यस विश्वकपमा धेरै गोल पेनाल्टीबाट गरेका छन् । उनले पेनाल्टीबिना मात्रै २ गोल गरेका छन् । तर, फ्रान्सका एमबाप्पेले गरेका ५ वटा सबै गोल ओपन गोल छन् । उच्च लयमा रहेका एमबाप्पे मेस्सीभन्दा कडा देखिएका छन् ।


खुशी मिडिया प्रा.ली. द्धारा सञ्चालित KTMKHABAR लाई नेपाली र अंग्रेजी संस्करणबाट पढ्न, हेर्न र सुन्न सक्नुहुनेछ । एप्सबाट सिधा समाचार पढ्न एन्ड्रोइडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् । फेसबुक, युटुब र ट्वीटरमा पनि हामिसंग जोडिन सक्नुहुनेछ ।


प्रतिक्रिया
सम्बन्धित समाचार

यो साता चर्चामा