एजेन्सी । फिफा विश्वकप कतार २०२२ को दोश्रो सेमिफाइलन खेल आज हुँदैछ । नेपाली समय अनुसार आज राति १२ः४५ बजेबाट खेल सुरु हुनेछ । पोर्चुगललाई स्तब्ध बनाउदै सेमिफाइलन प्रवेश गरेको मोरक्को र साविक विजेता फ्रान्सविच कडा टक्कर हुनेछ ।
उच्च लयमा रहेका फ्रान्सका युवा फरवार्ड केलियन एमबाप्पे मोरक्कोका लागि चुनौति बन्ने आकलन गरिएको छ । उसो फ्रान्सका अर्का फरवार्ड ओलिभर जिरुड विश्वकपमा ब्याक टुक ब्याक कमालको रेकर्ड बनाइरहेका छन् ।
यस्तै, लोभ लाग्दो डिफेन्सिफ खेलेको मोरक्को अर्को इतिहास रच्दै फाइनल प्रवेश गर्ने दाउमा छ । निकै नै चाँसोको रुपमा हेरिएको आजको खेललाई हेरिएको छ । जुन टिमले जित निकाल्छ त्यो टिमले उपाधिका लागि अर्जेन्टिनासंग भिड्नेछ ।
फ्रान्सले यसअघि १९५८, १९८२, १९८६, १९९८, २००६ र २०१८ मा सेमिफाइनल खेलेको छ । त्यसमा तीनपटक सेमिफाइनल पार गर्दै दुईपटक १९९८ र २०१८ मा च्याम्पियन बनेको इतिहास छ ।
यसअघिको तीन संस्करणको च्याम्पियन २०१० मा इटाली, २०१४ मा स्पेन र २०१८ मा जर्मनी समूह चरणबाटै बाहिरिएको सन्दर्भमा आफ्नो टोली त्यसलाई पार गरेर सेमिफाइनलमा पुग्दा प्रशिक्षक डेसच्याम्प्स खुसी देखिएका छन् ।
उनी भन्छन्, ‘हामी सेमिफाइनलमा पुगेका छौं, फाइनलको नजिक छ, र यो एक महत्वपूर्ण उपलब्धि थियो, त्यसैले हामी आफैंमा विश्वास गर्न सक्छौं, तर हामीसँग बुधबार ठूलो खेल छ ।’ प्रशिक्षक डेसच्याम्प्सले, ‘हामी अझै अगाडि बढ्न चाहन्छौं भने पनि हामीले अहिलेसम्म गरेका काममा सन्तुष्ट हुन सक्छौं । विगतमा, विश्व च्याम्पियनहरूले सधैं विश्वकपमा राम्रो प्रदर्शन गरेका छैनन् र हामीले त्यो चुनौतीलाई पार ग¥यौं, तर बुधबार हामीसँग महत्वपूर्ण खेल छ ।’
अफ्रिकाबाट सेमिफाइनलमा पुग्ने पहिलो देश बनेको मोरक्कोले स्पेन र पोर्चुगललाई हराएर सनसनी पूर्ण प्रदर्शन गर्दै फाइनल पुग्ने लक्ष्य लिएको छ ।
फ्रान्सका टोलीसँग स्टार फरवार्ड केलियन एमबाप्पेसँगै भेट्रान फरवार्ड ओलिभर जिरुडको साथ रहेको छ । यि दुईको यस विश्वकपमा गज्जवको समन्वय मिलेको छ । ओलिभर जिरुडले मोरक्कोविरुद्ध गोल गर्न सके उनी एकै विश्वकपमा पाँच गोल गर्ने इतिहासकै सबैभन्दा पाका खेलाडी बन्नेछन् ।
मोरक्को त्यही टोली हो, जसलाई यस विश्वकपमा कुनै पनि टोलीले गोल गर्न सकेको छैन । मोरक्कोले यस विश्वकपमा ५ गोल गर्दा एक गोल खाएको छ । त्यो एक गोल पनि क्यानडासँग आत्मघाती गोल हो । तर, त्यही सनसनी मोरक्कोलाई चोट र प्रतिबन्धले पिरोल्न सक्नेछ । सेन्टर फरवार्ड वालिद चेडिरा प्रतिबन्धका कारण फ्रान्सविरुद्धको महत्वपूर्ण सेमिफाइनलमा आज हुने छैनन् । चोटका कारण डिफेन्डर नाएफ अगुएर्ड र रोमन सेइसले खेल्ने सम्भावना निकै नै न्युन बनेको छ ।
फ्रान्स र मोरक्को यि दुई टोली हालसम्म ११ पटक भिडेका छन् । ठुलो प्रतियोगितामा भने यो पहिलो भेट हो । ११ भेटमा फ्रान्सले ७ खेल जितेको छ । एक खेल मोरक्कोले जित्दा तीन खेल बराबरीमा सकिएको छ ।