शुक्रबार, भाद्र १९ २०८३
ताजा अपडेट

मेस्सी चम्कँदा अर्जेन्टिना पुग्यो फाइनल, बाहिरियो क्रोएसिया !


  • बुधबार, मंसिर २८ २०७९
13K
SHARES

एजेन्सी । विश्वकपको करियरकै उच्च लयमा रहेका अर्जेन्टिनाका कप्तान लिओनल मेस्सी चम्कँदा अर्जेन्टिना फिफा विश्वकप कतारको फाइनलमा प्रवेश गरेको छ ।

आज भएको क्रोएसियासंगको सेमिफाइनल खेलमा मेस्सीले १ गोल र १ शानदार असिस्ट गर्दै अर्जेन्टिनालाई फाइनल पुर्याएका हुन् ।

दुईपटकको विजेता अर्जेन्टिना कतारमा जारी विश्वकप फुटबलको फाइनलमा पुगेको हो । अर्जेन्टिनाले मंगलबार राती भएको सेमिफाइनलमा क्रोएसियालाई ३–० गोलको फराकिलो जित निकाल्यो ।

अर्जेन्टिनाको जितमा जुलियान अल्भारेजले दुई र लियोनल मेस्सीले एक गोल गरे। ३४ औं मिनेटमा पेनाल्टीमार्फत गोल गर्दै मेस्सीले अग्रता दिलाएका थिए। ३९ औं मिनेटमा अल्भारेजले आफ्नै क्षेत्रबाट बल अगाडि बढाएर सिक्स यार्ड सर्कलबाट गोल गरेका थिए।

६९ औं मिनेटमा मेस्सीको शानदार असिस्टमा अल्भारेजले अर्जेन्टिनालाई ३–० गोलले अगाडि बढाएका थिए।

अर्जेन्टिना आठ वर्षको भित्रमा दोस्रो पटक विश्वकपको फाइनलमा पुगेको हो। यसअघि अर्जेन्टिना सन् २०१४ को विश्वकपमा पनि फाइनलमा पुगेको थियो। त्यतिबेला फाइनलमा जर्मनीसँग पराजित हुँदा अर्जेन्टिनाको सपना चकनाचुर भएको थियो।

अब उपाधिका लागि अर्जेन्टिनाले आइतबार राति फ्रान्स वा मोरक्को मध्ये एक टिमसँग प्रतिस्पर्धा गर्नेछ। साविक विजेता फ्रान्स र मोरक्कोबीच बुधबार राति दोस्रो सेमिफाइनलको खेल हुनेछ।
अर्जेन्टिना छैटौँपटक विश्वकपको फाइनल पुगेको हो। अर्जेन्टिनाले १९८६ यता विश्वकप उपाधि जित्न सकेको छैन।

सन् १९३० मा आयोजित पहिलो विश्वकपमा फाइनल पुगेको अर्जेन्टिना त्यसपछि सन् १९७८, १९९० र २०१४ मा पनि फाइनल पुगेको थियो। सन् १९३०, १९९० र २०१४ मा उपविजेतामा सिमित भएको थियो ।


खुशी मिडिया प्रा.ली. द्धारा सञ्चालित KTMKHABAR लाई नेपाली र अंग्रेजी संस्करणबाट पढ्न, हेर्न र सुन्न सक्नुहुनेछ । एप्सबाट सिधा समाचार पढ्न एन्ड्रोइडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् । फेसबुक, युटुब र ट्वीटरमा पनि हामिसंग जोडिन सक्नुहुनेछ ।


प्रतिक्रिया
सम्बन्धित समाचार

यो साता चर्चामा