शनिबार, साउन ९ २०८३
ताजा अपडेट

पहिलो हाफ सकियो, मेस्सीको कमालको गोलसंगै क्रोएसियालाई नसोचेको झड्का !


  • बुधबार, मंसिर २८ २०७९
10.2K
SHARES

फिफा विश्वकप कतार २०२२ को पहिलो सेमिफाइनल खेल अहिले भइरहेको छ । फाइनलमा आफ्नो स्थान पक्का बनाउन अर्जेन्टिना र क्रोएसियाले कडा भिडन्त गरिरहेका छन् ।

नेपाली समयअनुसार १२ः४५ बजेबाट खेल सुरु भएको हो । आजको खेलबाट फाइनल यात्राका लागि दुई भेट्रान खेलाडी लुका मोड्रिच र लियोनल मेस्सीको भाग्य निक्र्योल हुने छ ।
खेलको पहिलो हाफ सकिएको छ । पहिलो हाफ सकिएसंगै अर्जेन्टिनाले क्रोएसियामाथि २–० गोलको अग्रता लिएको छ ।

अर्जेन्टिनाले लियोनेल मेसी र जुलियन अल्भारेजको गोलमा २–० गोलको अग्रता लिएको हो । मेसीले अर्जेन्टिनाले पाएको पेनाल्टीलाई खेलको ३४औं मिनेटमा गोल गर्दै अर्जेन्टिनालाई १–० गोलको अग्रता दिलाएका हुन् ।

मेसीको यस विश्वकपमा यो पाँचौं गोल हो । मेसीले फ्रान्सका किलियन एम्बाप्पेसँग पाँच गोलको बराबरी गरेका छन् । साथै पाँचौ विश्वकप खेलिरहेका मेसीको विश्वकपमा यो ११औं गोल हो ।

अर्जेन्टिनाका लागि दोस्रो गोल जुलियन अल्भारेजले खेलको ३९औं मिनेटमा गरेका हुन् । यस विश्वकपमा उनको यो तेस्रो गोल हो ।

दोश्रो हाफको खेल केही बेरमै सुरु हुनेछ ।

विश्वकपमा अर्जेन्टिना र क्रोएसिया तेस्रोपटक प्रतिस्पर्धा गरिहेका छन् । सन् १९९८ को विश्वकपमा यी दुई टोली पहिलोपटक भिडेका थिए।

समूहगत चरणको अन्तिम खेलमा अर्जेन्टिनाले १–० गोलको जित हात पारेको थियो। चार वर्षअघि रुसमा आयोजित विश्वकपमा पनि यी दुई टोली समूहगत चरणमा भिडेका थिए। समूहको आफ्नो दोस्रो खेलमा क्रोएसियासँग भिडेको अर्जेन्टिना ३–० गोलले पराजित भएको थियो।

सिनियर अन्तर्राष्ट्रिय फुटबलमा यी दुई टोली छेटौँपटक भिड्न लागेका हुन्। विगतमा भएका प्रतिस्पर्धामा दुवै टोलीले दुई दुई जित र एक बराबरीको नतिजा निकालेका थिए। सन् १९९४ मा भएको पहिलो प्रतिस्पर्धामा यी दुई टोलीबीच गोलरहित बराबरी भएको थियो।


खुशी मिडिया प्रा.ली. द्धारा सञ्चालित KTMKHABAR लाई नेपाली र अंग्रेजी संस्करणबाट पढ्न, हेर्न र सुन्न सक्नुहुनेछ । एप्सबाट सिधा समाचार पढ्न एन्ड्रोइडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् । फेसबुक, युटुब र ट्वीटरमा पनि हामिसंग जोडिन सक्नुहुनेछ ।


प्रतिक्रिया
सम्बन्धित समाचार

यो साता चर्चामा