सोमबार, माघ २३ २०७९
ताजा अपडेट

सेमिफाइनल पुगेको अर्जेन्टिनामाथि भेट्रान स्ट्राइकर ईब्राहिमोविचले गरे यस्तो भविष्यवाणी, खिच्यो समर्थकको ध्यान !


  • KTM Khabar
  • बुधबार, मंसिर २८ २०७९
11.8K
SHARES

फाइल तस्विर

एजेन्सी । स्विडेनका भेट्रान स्ट्राईकर ज्लाटन ईब्राहिमोविच अर्जेन्टिनी लियोनल मेस्सीको पक्षमा मियो झै उभिएका छन् । कतारमा जारी फिफा विश्वकप २०२२ को उपाधि विजेता लिओनल मेस्सीको नेतृत्वमा रहेको अर्जेन्टिनाले जित्ने निश्चित बनेको भन्दै खुलेरै अर्जेन्टिनाको पक्षमा उभिएका हुन् ।

ईब्राहिमोविचले यस पटकको विश्वकपको ट्रफी उचाल्न मेस्सी ने हकदार रहेका भन्दै समर्थनमा उत्रिएका हुन् ।

ईब्राहिमोविचले भने, ‘यो विश्वकप कसले जित्ने भन्ने लेखि सकिएको छ र त्यो मेस्सी नै हो । मलाई लाग्छ मेस्सी नै विश्वकपको हकदार हुन् र उनले फुटबलमा गरेको कडा परिश्रम बापत उपहारमा विश्वकपको उपाधि हात पार्ने पक्का छ ।’

जारी विश्वकपको मेस्सीको प्रेरणादायी प्रदर्शनमा अर्जेन्टिना सेमिफाईनल चरणमा पुगिसकेको छ । आज राति हुने पहिलो सेमिफाईनल खेलमा अर्जेन्टिनाले क्रोएसियाको सामना गर्दैछ ।

सम्भावित अन्तिम विश्वकपमा सहभागिता जनाईरहेका ३५ वर्षिय मेस्सी करियरको दोश्रो विश्वकप फाईनल पुग्ने प्रयासमा छन् भने सन् १९८६ पछि अर्जेन्टिनालाई तेश्रो विश्वकप उपाधि दिलाउने जबरजस्त प्रयासमा समेत रहेका छन् ।

मेस्सीले जारी विश्वकपमा चार गोल गरेका छन् भने अर्जेन्टिनाका लागि विश्वकपमा १० गोल गर्दै सर्वाधिक गोलकर्ता गाब्रियल बाटिस्टुटाको बराबरी गरेका हुन् ।


खुशी मिडिया प्रा.ली. द्धारा सञ्चालित KTMKHABAR लाई नेपाली र अंग्रेजी संस्करणबाट पढ्न, हेर्न र सुन्न सक्नुहुनेछ । एप्सबाट सिधा समाचार पढ्न एन्ड्रोइडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् । फेसबुक, युटुब र ट्वीटरमा पनि हामिसंग जोडिन सक्नुहुनेछ ।


प्रतिक्रिया
सम्बन्धित समाचार

यो साता चर्चामा