मंगलबार, माघ २४ २०७९
ताजा अपडेट

विश्वकपको करियरकै उच्च लयमा रहेका मेस्सीका लागि अर्को खुसीको खबर, बन्दैछ यस्तो नयाँ रेकर्ड !


  • KTM Khabar
  • मंगलबार, मंसिर २७ २०७९
1.3K
SHARES

फाइल तस्विर

एजेन्सी । फिफा विश्वकप २०२२ अन्तर्गत आज पहिलो सेमिफाइलको खेल हुँदै छ । नेपाली समय अनुसार आज राति १२ः४५ बजेबाट खेल हुँदैछ । जसमा साविक उपविजेता क्रोएसिया र अर्जेन्टिना भिड्दैछन् ।

कतारको लुजाइल रंगशालामा हुने आजको खेलबाट अर्जेन्टिनाका स्टार फरवार्ड लियोनल मेस्सीका नाममा नयाँ रेकर्ड बन्ने भएको छ । ३५ वर्षका मेस्सी आज रातिको खेलमा सहभागी भएसँगै नयाँ रेकर्ड आफ्नो नाममा बनाउने छन् ।

मेस्सी आज मैदानमा उत्रिएसंगै विश्वकपमा सर्वाधिक खेल खेल्ने दोस्रो खेलाडी बन्ने छन् । आज रातिको खेल मेस्सीका लागि विश्वकपमा कूल २५औं खेल हुनेछ ।

हाल विश्वकपको मञ्चमा सर्वाधिक खेल खेल्ने खेलाडीको रेकर्ड लोथर मथाउसको नाममा रहेको छ । जर्मनीका खेलाडी मथाउसले आफ्नो करियरमा विश्वकपमा जम्मा २५ खेल खेलेका थिए ।

आज राति मेस्सीले उनको सो रेकर्ड बराबरी गर्ने छन् । मेस्सीले हालसम्म विश्वकपमा २४ खेल खेलिसकेका छन् । उनलाई मथाउसको रेकर्ड बराबरी गर्न अब मात्रै एक खेल आवश्यक छ ।

आज रातिको खेलपछि मेस्सी र मथाउस दुवैका नाममा संयुक्त रूपमा २५ खेलको रेकर्ड बन्नेछ ।


खुशी मिडिया प्रा.ली. द्धारा सञ्चालित KTMKHABAR लाई नेपाली र अंग्रेजी संस्करणबाट पढ्न, हेर्न र सुन्न सक्नुहुनेछ । एप्सबाट सिधा समाचार पढ्न एन्ड्रोइडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् । फेसबुक, युटुब र ट्वीटरमा पनि हामिसंग जोडिन सक्नुहुनेछ ।


प्रतिक्रिया
सम्बन्धित समाचार

यो साता चर्चामा