शुक्रबार, भाद्र १९ २०८३
ताजा अपडेट

ब्राजिल विश्वकपबाट बाहिरिएपछि पहिलो पटक बोले रोनाल्डो, गरे मेस्सीमाथि तारिफ वर्षा !


  • मंगलबार, मंसिर २७ २०७९
15.7K
SHARES

एजेन्सी । आफ्नो देश क्वाटरफाइनलबाट बाहिरिएपछि ब्राजिलका चर्चित खेलाडी रोनाल्डोले सञ्चारकर्मीसंग बोल्दै बाकी खेलका लागि आफ्नो सपोर्ट टिम बारे खुलाएका छन् । दिग्गज फरवार्ड रोनाल्डोले आफूले अर्जेन्टिना जितोस् भन्ने नचाहेको बताए ।

बाकी प्रतियोगितामा लिओनल मेस्सी र अर्जेन्टिनालाई उपाधिको बलियो दावेदारको रुपमा हेरिएको छ । यसबारे प्रश्न गर्दा रोनाल्डोले म पूरै ब्राजिलले के सोच्छ भन्न सक्दिन, तर म आफ्नो धारणा भन्न सक्ने बताएका थिए ।

उनले भने, ‘म पक्का यस्तै हुन्छ भन्न त सक्दिन । यदि अर्जेन्टिना जित्छ भने म मेस्सीको लागि खुसी हुन्छु । तर तपाईलाई ब्राजिल र अर्जेन्टिनाबीच लामो समयदेखि प्रतिस्पर्धा रहेको थाहा नै छ । त्यसैले अर्जेन्टिना जित्दा खुसी हुन्छु भन्न सक्दिन । अर्जेन्टिनाले जितोस् भन्ने चाहन्न ।’

‘तर फुटबल मेरो लागि प्रेम हो । म जुनुसुकै टोलीले जितेपनि रमाउनेछु ।’

विश्वकपको सेमिफाइनलमा अर्जेन्टिना र ब्राजिल एक आपसमा भिड्ने आँकलन गरिएको थियो । यद्यपी क्रोएसियाले ब्राजिललाई टाइब्रेकरमा पराजित गरेपछि उक्त खेल हुन सकेन ।

आज हुने १२ः४५ बजेको खेलमा क्रोएसिया र अर्जेन्टिनाको विजेताले फाइनलमा फ्रान्स र मोरक्कोबीच खेलको विजेतासँग प्रतिस्पर्धा गर्नेछ ।


खुशी मिडिया प्रा.ली. द्धारा सञ्चालित KTMKHABAR लाई नेपाली र अंग्रेजी संस्करणबाट पढ्न, हेर्न र सुन्न सक्नुहुनेछ । एप्सबाट सिधा समाचार पढ्न एन्ड्रोइडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् । फेसबुक, युटुब र ट्वीटरमा पनि हामिसंग जोडिन सक्नुहुनेछ ।


प्रतिक्रिया
सम्बन्धित समाचार

यो साता चर्चामा