शुक्रबार, असोज ९ २०८३
ताजा अपडेट

हारपछि बिछिप्त बनेका रोनाल्डोको नाममा बन्यो यस्तो नयाँ रेकर्ड, मिल्यो सान्त्वना !


  • आइतबार, मंसिर २५ २०७९
27.7K
SHARES

एजेन्सी । क्याटरफाइलन अन्तर्गतको खेलमा मोरक्कोसंगको नमिठो हारपछि बिछिप्त बनेको पोर्चुगलका कप्तान क्रिष्टियानो रोनाल्डोको नाममा नयाँ रेकर्ड बनेको छ । मोरक्कोसंग पोर्चुगल १–० गोलले हार ब्यहोर्यो । जस पश्चात रोनाल्डोको आँखामा आँशु रोकिएको थिएन ।

खेलको हारको बाबजुत क्रिस्टियानो रोनाल्डोको नाममा भने विश्व फुटबलमा नयाँ रेकर्ड बनेको छ । उनले अर्को कीर्तिमान बनाउन सफल भएका छन् । मोरक्कोविरुद्धको खेलमा मैदान प्रवेश गरेसँगै रोनाल्डोले सबैभन्दा बढी अन्तर्राष्ट्रिय खेल खेल्ने कीर्तिमानलाई बराबरी गरेका हुन् ।

अतिरिक्त खेलाडीका रूपमा रहेका रोनाल्डो खेलको ५१ औँ मिनेटमा मैदान प्रवेश गरेका थिए । पोर्चुगलका लागि उनको यो १९६ औँ खेल थियो ।

उनले कुवेतका बदेर अल मुतावाको सबैभन्दा बढी अन्तर्राष्ट्रिय खेल खेल्ने कीर्तिमान बराबरी गरेका छन् ।

रोनाल्डोले सन् २००३ मा कजाकिस्तानविरुद्ध पोर्चुगलको राष्ट्रिय टोलीका लागि डेब्यू गरेका थिए । त्यतिबेला उनी १९ वर्षका मात्र थिए ।

१९६ खेलमा रोनाल्डोले पोर्चुगलका लागि ११८ गोल गरिसकेका छन् । यो विश्वकपमा उनले घानाविरुद्ध गोल गरेका थिए । उनी अन्तर्राष्ट्रिय फुटबलमा सर्वाधिक गोलकर्ता पनि हुन् ।


खुशी मिडिया प्रा.ली. द्धारा सञ्चालित KTMKHABAR लाई नेपाली र अंग्रेजी संस्करणबाट पढ्न, हेर्न र सुन्न सक्नुहुनेछ । एप्सबाट सिधा समाचार पढ्न एन्ड्रोइडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् । फेसबुक, युटुब र ट्वीटरमा पनि हामिसंग जोडिन सक्नुहुनेछ ।


प्रतिक्रिया
सम्बन्धित समाचार

यो साता चर्चामा